देउखुरी। लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्त्वपूर्ण कदमहरू चालिएको हो ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए । उनले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गरे।
मुख्यमन्त्रीका अनुसार पारदर्शिताका लागि सरकारले कार्यालयबाट प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने प्रक्रिया अघि बढाइएको छ। यसले सूचनाको माग समयमै पूरा गर्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ । सरकारी कामकारबाहीका विषयमा जनतालाई सहजै जानकारी दिन सूचना व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने काम भइरहेको छ ।
नागरिकको हकलाई प्रभावकारी बनाउन सरकारले सूचना प्रवाहमा ढिलासुस्ती र अपारदर्शी प्रक्रियालाई अन्त्य गर्न ठोस कदम चालेको छ। सरकारी कार्यक्रम र कार्यान्वयन प्रक्रियालाई जनताले सहजै नियाल्न पाउने गरी रिपोर्टिङ प्रणालीलाई नियमित र पारदर्शी बनाइएको छ।
मुख्यमन्त्री आचार्यले सरकारका सबै गतिविधि स्पष्ट र प्रभावकारी ढङ्गले जनतासमक्ष पुर्याउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिए। उनले भने, “हामी जनताको ऐना हौं। सरकारका हरेक कामलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा। सुरेशप्रसाद आचार्यको उपस्थिति रहेको थियो । सूचना अधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनउत्तरदायी शासन प्रवर्द्धनका लागि सरकारका पहलहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले पारदर्शिता र सुशासनको माध्यमबाट जनताको विश्वास जित्न चालिएका कदमहरूलाई आगामी दिनमा थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। जनताको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारले सूचना प्रवाह प्रणालीलाई सुधार्न निरन्तर काम गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: