कायरो। प्यालेष्टिनी इस्लामी समूह ९हमास० को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।
यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् ।
“सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज ९आइतबार० निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।
यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलले प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीस्वरूप कारबाही जारी गरेको थियो ।
यसैबीच, हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीनजना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् ।
यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।
प्रधानमन्त्री नेतन्याहुले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १८:२७
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...
जेष्ठ २७ गते, २०८३ - १७:३५
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...
जेष्ठ २७ गते, २०८३ - १७:२८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...



प्रतिकृया लेख्नुहोस्: