Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता

खबरडबली संवाददाता

दमास्कस । सिरियामा सन् २०१२ मा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसकी आमा डेब्रा टाइसले सोमबार दमास्कसमा युद्धग्रस्त सिरियाको नयाँ नेतृत्व आफ्नो छोराको खोजीका लागि प्रतिबद्ध रहेको बताएका छन् । 

सन् २०१२ को अगष्टमा एक चेकप्वाइन्टमा पक्राउ परेका टाइस एजेन्स फ्रान्स–प्रेस (एएफपी), म्याकक्लाची न्यूज, द वासिङ्टन पोस्ट, सिबिएस र अन्य सञ्चार माध्यमका लागि स्वतन्त्र पत्रकारका रूपमा कार्यरत थिए । सिरियाका नयाँ नेता अहमद अल–शरासँगको वार्तापछि दमास्कसमा पत्रकारसँग कुरा गर्दै टाइसले भने, “मलाई सिरियाको नयाँ नेतृत्वसँग भेट्ने सौभाग्य प्राप्त भएको छ । सिरियाली नयाँ नेतृत्वले तपाईंहरूको पत्रकार (मेरो छोरा) लाई घर ल्याउन समर्पित र कटिबद्ध रहेको बताएको छ यसले मलाई असाध्यै खुसी बनाएको छ ।”

उनले सोमबार अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले आफ्नो छोरालाई स्वदेश फर्काउनका लागि काम गर्ने आशा व्यक्त गरे । “आज नेता ट्रम्पले राष्ट्रपतिको सपथ लिनुहुनेछ र उहाँले सिरियाली सन्दर्भ र अमेरिकी नागरिकका बिषयमा एउटा पृष्ठ बदल्नुहुनेछ,” उनले भने । उनले भने, “मलाई ठूलो आशा छ, ट्रम्प प्रशासन अस्टिनलाई घर फर्काउन लगनशीलरूपमा लाग्नेछ ।”

“म राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रपति विशेष दूत एडम लोगनसहित टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु ।” डेब्रा टाइसले आफू ट्रम्प प्रशासनसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । उनले भने, “उहाँका मानिसहरू मकहाँ पुगिसकेका छन् ।”

“मैले विगत चार वर्षदेखि यस्तो आश्वासन पाएको थिइन । यसैले म उनीहरूको सहयोग र संलग्नताको लागि धेरै उत्सुक छु, मलाई लाग्छ कि उनीहरू यसलाई छिटो गर्नेछन् ।”
गत महिना अमेरिकी अधिकारीहरूले सिरियाको नयाँ नेतृत्वले टाइसको खोजीमा सहयोग गरेको बताएका थिए ।

बन्धकहरूबारे अमेरिकी पोइन्टम्यान रोजर कास्र्टेन्सले भने, “हामीलाई लाग्छ कि अमेरिकी प्रशासनले उहाँ कहाँ हुनुहुन्छ पत्ता लगाउनु र उहाँलाई घर फर्काउनु उसको कर्तव्य हो ।” सिरियाली निरंकुश राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि अमेरिकी अधिकारीहरूको दमास्कसको पहिलो भ्रमणका क्रममा कास्र्टेन्सले यस्तो टिप्पणी गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending