Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता

खबरडबली संवाददाता

दमास्कस । सिरियामा सन् २०१२ मा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसकी आमा डेब्रा टाइसले सोमबार दमास्कसमा युद्धग्रस्त सिरियाको नयाँ नेतृत्व आफ्नो छोराको खोजीका लागि प्रतिबद्ध रहेको बताएका छन् । 

सन् २०१२ को अगष्टमा एक चेकप्वाइन्टमा पक्राउ परेका टाइस एजेन्स फ्रान्स–प्रेस (एएफपी), म्याकक्लाची न्यूज, द वासिङ्टन पोस्ट, सिबिएस र अन्य सञ्चार माध्यमका लागि स्वतन्त्र पत्रकारका रूपमा कार्यरत थिए । सिरियाका नयाँ नेता अहमद अल–शरासँगको वार्तापछि दमास्कसमा पत्रकारसँग कुरा गर्दै टाइसले भने, “मलाई सिरियाको नयाँ नेतृत्वसँग भेट्ने सौभाग्य प्राप्त भएको छ । सिरियाली नयाँ नेतृत्वले तपाईंहरूको पत्रकार (मेरो छोरा) लाई घर ल्याउन समर्पित र कटिबद्ध रहेको बताएको छ यसले मलाई असाध्यै खुसी बनाएको छ ।”

उनले सोमबार अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले आफ्नो छोरालाई स्वदेश फर्काउनका लागि काम गर्ने आशा व्यक्त गरे । “आज नेता ट्रम्पले राष्ट्रपतिको सपथ लिनुहुनेछ र उहाँले सिरियाली सन्दर्भ र अमेरिकी नागरिकका बिषयमा एउटा पृष्ठ बदल्नुहुनेछ,” उनले भने । उनले भने, “मलाई ठूलो आशा छ, ट्रम्प प्रशासन अस्टिनलाई घर फर्काउन लगनशीलरूपमा लाग्नेछ ।”

“म राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रपति विशेष दूत एडम लोगनसहित टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु ।” डेब्रा टाइसले आफू ट्रम्प प्रशासनसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । उनले भने, “उहाँका मानिसहरू मकहाँ पुगिसकेका छन् ।”

“मैले विगत चार वर्षदेखि यस्तो आश्वासन पाएको थिइन । यसैले म उनीहरूको सहयोग र संलग्नताको लागि धेरै उत्सुक छु, मलाई लाग्छ कि उनीहरू यसलाई छिटो गर्नेछन् ।”
गत महिना अमेरिकी अधिकारीहरूले सिरियाको नयाँ नेतृत्वले टाइसको खोजीमा सहयोग गरेको बताएका थिए ।

बन्धकहरूबारे अमेरिकी पोइन्टम्यान रोजर कास्र्टेन्सले भने, “हामीलाई लाग्छ कि अमेरिकी प्रशासनले उहाँ कहाँ हुनुहुन्छ पत्ता लगाउनु र उहाँलाई घर फर्काउनु उसको कर्तव्य हो ।” सिरियाली निरंकुश राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि अमेरिकी अधिकारीहरूको दमास्कसको पहिलो भ्रमणका क्रममा कास्र्टेन्सले यस्तो टिप्पणी गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE