Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

‘पुष्पा २’ का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा

खबरडबली संवाददाता

हैदाराबाद। सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम शुरु भएको छ । 

न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार (२२ जनवरी) हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए। साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो। त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।

यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन्। सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २स् द रुल’ को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो ।यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ । 

साथै हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ । आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन्। यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन्।

थप बिवरण आउन बाँकी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending