बुटवल । पुर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछाने अदालतमा बहस जारी रहेको छ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजवाट हुने थुनछेक बहस जारी रहेको हो ।
हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ, आजवाट कानुन ब्यावसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन् ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १३:१८
बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सक...
फाल्गुन ५ गते, २०८१ - १३:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे...
फाल्गुन ५ गते, २०८१ - १२:३७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि सहयोगी दाताहरुल...
फाल्गुन ५ गते, २०८१ - १२:२६
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ नि...
फाल्गुन ५ गते, २०८१ - १२:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदैछन् । प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न कार्यक्रम छ । बिहान सा...
फाल्गुन ५ गते, २०८१ - १२:१२
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश ह...
फाल्गुन ५ गते, २०८१ - १२:०३
नवलपुर । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजा...
फाल्गुन ५ गते, २०८१ - ११:५४
बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको ...
फाल्गुन ५ गते, २०८१ - ११:४४
गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। ‘‘लाम...
फाल्गुन ५ गते, २०८१ - ११:३८
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उप...
प्रतिकृया लेख्नुहोस्: