Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

नारायणगढमा व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

खबरडबली संवाददाता

नारायणगढ। आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।

कार्यालयले वार्षिक कार्यक्रमअन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो । कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यस स्थानमा विभिन्न १० प्रकारका आलुको अनुसन्धान भइरहेको छ ।

उनले १० वटा आलुका जातमध्ये सात वटा आलुका जात युरोपबाट ल्याएर परीक्षण तथा अनुसन्धान गरिरहेको बताए । यी जात परीक्षणका क्रममा रहेको र सूचिकृत भइनसकेको उनको भनाइ छ । आलु खनेपछि थप अनुसन्धान हुने त्रिपाठीले बताए ।

यहाँका किसान कृष्णप्रसाद अर्यालको खेतमा आलुका जातबारे अनुसन्धान गरिँदै आइएको हो । अर्यालका अनुसार यहाँ आलु उत्पादन धेरै भएपनि बजार मूल्यमा एकरुपता छैन । व्यापारीले सकेसम्म कम मूल्यमा खरिद गर्ने हुँदा यसका लागि आलुको जात कायम गरी मूल्यमा एकरुपता ल्याइनुपर्ने उनी बताउछन ।

उनले यस क्षेत्रबाट वार्षिक रु ३७ करोडसम्मको आलु बिक्री हुने गरेको बताए । व्यापारी र उपभोक्ताले खोजेको जातको आलु लगाउन सकेमा यस क्षेत्रबाट धेरै मात्रामा आलु उब्जाउन सकिने र मूल्य बढी पाइने उनी बताउछन ।

कृषि कार्यालयले यहाँ अध्ययन गर्दै आएको आलुमा ०।५२, २५।७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जात छन् । त्यसैगरी फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातका आलु पनि कार्यालयले अनुसन्धान गर्दै आएको छ ।

औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आवश्यक आलु जिल्लामा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन भइरहेको र सम्पूर्ण नजिता यसवर्ष आलु खनेपछि प्राप्त हुने जिल्ला कृषि कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए ।

किसानले लगाउँदै आएका परम्परागत आलु भन्दा परीक्षणका लागि लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिँदै आइएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending