नेपालगन्ज । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडी बढ्नु पर्ने सुझाव दिएको छन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै प्रचण्डले सो बताएको हो । उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को उनले म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर उद्घाटन गरे ।
अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रका समस्याहरु बढ्दै गएको जनाउँदै त्यसका लागि उद्योगी व्यवसायीहरुद्वारा चिन्ता गरिनु स्वभाविक रहेको पनि बताए । सबैले मिलेर गम्भीर चिन्तनका साथ अगाडी बढ्ने हो भने अझैपनि देशको आर्थिक अवस्थालाई धेरै माथि उकास्न सकिने संभावना कायमै रहेको उनको भनाइ थियो ।
पूर्व प्रधानमन्त्रीले थपे, ूदेशमा केही पनि भएको छैन, सबै खत्तम भयो भन्ने भास्य बनाउन आवश्यक छैन, धेरै कामहरु भएका छन् र अझैपनि सबैले मिलेर अगाडी बढ्ने हो भने देशलाई समृद्ध बनाउन सकिन्छ ।ू
आर्थिक विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन यस्ता महोत्सवहरुले निकै सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने गरेको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु किशोरसिंह राठौर र दिपा शर्माले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हालै ल्याईएको अध्यायदेशले ठुलो सहयोग गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, महासचिव भीमबहादुर रानाभाट लगायतले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने माग गर्दै प्रादेशिक संरचनामा जाँदा बाँके र बर्दियालाई बेवास्ता गरिएको आरोप लगाए ।
माघ २२ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल, सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् ।
महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको सांस्कृतिक प्रस्तुती हुनेछ भने एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुने आयोजकले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: