धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताए। धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उनले उक्त कुरा बताएको हो ।
यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडी बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताए। त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल विपि अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेल बताए।
सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए। जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उनले बताए।
फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न आग्रह गर्दै औषधीको लिष्ट सुचिकृत सहितको बोर्ड पनि बाहिर टाँसन जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए ।
किमो दिन पनि काठमाडौं, चितवन जानुपर्ने अवस्था रहेकोले आमनागरिकको सेवाको लागी सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने कार्यक्रम राखेकोमा धनगढी, भेरी, सुर्खेत लगायत सबै प्रदेशमा सुरु भएको छ भने विपी अस्पतालमा समेत प्रभावकारी रुपमा उपचार गर्न शुरु गरिएको उनले बताए ।
नेपालको आठ अस्पतालमा जलनको उपचार गर्न विपन्न वर्गलाई निःशुल्क दिने निर्णय गरी लागु गरिएको बताए । काठमाडौंको विर अस्पताल, किर्तिपुर, अस्पताल लगायत विपी अस्पतालमा समेत आजबाट शुरु गरिएको स्वास्थ्यमन्त्री पौडेल बताए।
यस अस्पतालले धेरै मानिसहरुलाई सेवा दिई रहेकोमा अझै तिन प्रकारको सेवा दिनलाई सुरु गरेकोमा खुशि व्यक्त समेत गरे। अस्पतालले यस क्षेत्रको बिरामीहरुलाई मात्र नभएर यस क्षेत्र बाहेक अन्य क्षेत्रका मानिसहरुले पनि सुविधा पाउने उनले बताए।
उपचार गर्ने मान्छेले प्रेसरमा काम गर्न नसक्ने भएकोले चिकित्सकहरुलाई डरत्रासभय रहित कानुनि व्यवस्था गरी र चिकित्सकहरुलाई सम्मान गर्न जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १३:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे...
फाल्गुन ५ गते, २०८१ - १२:३७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि सहयोगी दाताहरुल...
फाल्गुन ५ गते, २०८१ - १२:२६
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ नि...
फाल्गुन ५ गते, २०८१ - १२:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदैछन् । प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न कार्यक्रम छ । बिहान सा...
फाल्गुन ५ गते, २०८१ - १२:१२
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश ह...
फाल्गुन ५ गते, २०८१ - १२:०३
नवलपुर । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजा...
फाल्गुन ५ गते, २०८१ - ११:५४
बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको ...
फाल्गुन ५ गते, २०८१ - ११:४४
गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। ‘‘लाम...
फाल्गुन ५ गते, २०८१ - ११:३८
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उप...
फाल्गुन ५ गते, २०८१ - ११:१८
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । आज फागुन ५ गते सोमबार जारी हुने यस ट्रेजरी बिल...
प्रतिकृया लेख्नुहोस्: