Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

माओवादी केन्द्र एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

घोराही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएको छन ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताएको हो । माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रुपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताए ।

आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष प्रचण्डले भने, ‘‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्णका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिदैन । माओवादी अरुको वैशाखी टेक्ने होइन, बरु अरूलाई टेकाउने पार्टी हो ।’’

अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरु गरिसकेको र उपनिर्वाचनले राम्रो सङकेत गरेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताएको थिए । देशमा सुशासन, सामाजिक न्याय र र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताउनुभएको थियो । माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो । कामबाट नै त्यो पुष्टि भइरहेको छ । माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ । सत्ताको खेलमा छैन ।’’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको बताए । विगतमा सहमति गरेका दलहरु विभाजित हुँदा राम्रो सन्देश नजाने र शान्तिा सम्झौताका बाँकी कार्यभार पूरा गर्न अप्ठ्यारो हुने भएकाले एजेण्डाका रुपमा फरक भए पनि शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याउनका लागि मिल्न आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरुद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताएको थिए । स्थानीय विकाससँग जोडिएका योजनाका बारेमा कुरा गर्दै प्रचण्डले टरीगाउँ विमानस्थलको विकासले यस क्षेत्रको बहुआमिक विकासमा अर्थ राख्ने भएकाले माओवादीले पहल गरिरहेको बताए ।

विगतमा आफु प्रधानमन्त्री भएको समयमा पनि टरिगाँउ एयरपोर्टको विकासका बारेमा स्थलगत अनुगमन गरेर स्तरवृद्धिका लागि बजेट बिनियोजन गरेर पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले भनेयो, ‘‘विगतमा स्तरवृद्धिका लागि पहल भए पनि राजनीतिक स्वार्थका कारण सफल हुन सकिन । अहिले सवै दलहरु टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि सहमति भएका छन्, अब पक्कै हुनेछ ।’’

उनले गठबन्धन गर्ने सम्बन्धमा नेताहरुका बिचमा फरक फरक विचारहरु आइरहेकाले कांग्रेस–एमालेको वर्तमान सरकार लामो समय टिक्न नसक्ने बताए। वर्तमान सरकार २०८४ सम्मै जाओस भन्ने आफ्नो चाहना भए पनि पछिल्लो समय कांग्रेस–एमालेका नेताहरुको फरक फरक बोली आइरहेकाले लामो समयसम्म वर्तमान सत्ता गठबन्धन जान सक्ने अवस्था नरहेको बताएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन

काठमाडौं। ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी का...

६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौ। सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परे...

तीनकुने अन्दोलनका घाइतेको नि:शुल्क उपचार गराएको तीन अस्पतालले मागे ३९ लाख रकम

काठमाडौँ। तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले  ३९ लाख भन्दा बढी रकम माग गरेका छन् ।  विसं। २०...

इजरायल र इरानबाट फर्कन चाहने नेपालीको उद्धारको तयारीमा छौँ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा.। आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल स...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

देशभर फैलियो मनसुन प्रणाली

काठमाडौं। यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाए...

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर-१ दोबाजमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्...

मैले अग्रसरता नलिएको भए जाजरकोट भूकम्पमा उद्धार प्रभावकारी हुन्थेन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अ...

रौतहटमा अबैध ४५ लाखको समानसहित ट्रक बरामद

रौतहट । रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गौर र इलाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending