बागलुङ । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका- १४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्। किसानले समूह बनाएर साढे २०० रोपनी जग्गा भाडामा लिएर कागतीखेती शुरु गरेका हुन्।
बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन्। २०७७ सालमा शुरु गरेको ‘चासो कृषक समूह’ले शुरु गरेको कागतीखेती फस्टाउन थालेको छ। कागतीखेती गर्न एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए। गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ। यो वर्ष करिब पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए।
कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख अनुदान दिएको थियो। किसानले झण्डै एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए। गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती शुरु गरेको उनले बताए।
अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्। गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो। कागतीखेती गरेपछि बाँदरको आतंक केही कम भएको छ। बर्सेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ। यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए। २०७९ सालमा चक्लाबन्दीका लागि १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख सहयोग गरेको उनले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ। विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८१ - ०९:३४
किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक...
फाल्गुन २ गते, २०८१ - ०९:२३
काठमाडौं । आज फेब्रअरी १४, अर्थात प्रणय दिवस। एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प...
फाल्गुन २ गते, २०८१ - ०९:१६
काठमाडौं । एमालेबाट निस्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले एमालेका केन्द्रीय नेताहरु आफ्नो अभियानमा जोडिने दाबी गरेका छन्।...
फाल्गुन २ गते, २०८१ - ०९:००
यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको थिए
फाल्गुन २ गते, २०८१ - ०८:५५
काठमाडौं । राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति हुनुपर्ने मापदण्ड नै तोकेर दरखास्त आह्वान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्था...
फाल्गुन २ गते, २०८१ - ०८:५०
जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । ...
फाल्गुन २ गते, २०८१ - ०७:५६
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन २ गते, २०८१ - ०७:४९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विष...
फाल्गुन २ गते, २०८१ - ०७:३८
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगा...
फाल्गुन २ गते, २०८१ - ०७:२६
बागलुङ । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन् । बागलुङ नगरपालिका-१० भकुण्डेमा ब...
प्रतिकृया लेख्नुहोस्: