महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन ।
जनकपुरधाममा आज प्रधानाध्यापक सङ्घ नेपालद्वारा आयोजित प्रधानाध्यापकसँग मुख्यमन्त्री संवाद शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको शिक्षाको स्तर निकै खस्केको चर्चा गर्दै देशका सात वटा जिल्ला साक्षर हुन नसकेकामा दुखेसो गरे।
“अहिले विद्यालयमा परम्परागत आधारमा शिक्षा दिइँदै आएको छ, त्यसलाई आधुनिकताका आधारमा परिवर्तन गर्न जरुरी छ”, उनले भने। आधुनिक शिक्षा कसरी कार्यान्वयनमा ल्याउने र वर्तमान शिक्षा नीति तथा शैलीमा कसरी परिवर्तन ल्याएर प्रदेशलाई साक्षर बनाउनेमा बहस गर्न जरुरी रहेकामा मुख्यमन्त्री सिंहले जोड दिए।
उनले प्रदेशको मातहतमा शिक्षा नभएका कारणसमेत शैक्षिक गुणस्तरमा कमी रहेको बताए। उनले भनेयो, “प्रदेशलाई उच्च शिक्षाको अधिकार दिइएको छ, तर यहाँ स्थानीय तहमार्फत रहेका शिशुदेखि कक्षा १२ सम्मकै अवस्था कमजोर छ, जबसम्म ती कक्षाको शैक्षिक अवस्थामा सुधार आएन भने उच्च शिक्षाको कुनै अर्थ रहँदैन, त्यसका लागि हामीले सङ्घ सरकारसँग पटकपटक स्थानीय तह मातहत रहेका कक्षा १२ सम्मको शैक्षिक अधिकार दिन माग गर्दै आएका छौँ ।”
अन्य राष्ट्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नेपालमा शिक्षालाई बेवास्ता गर्दै आएका कारण पनि शैक्षिक अवस्था कमजोर रहेको बताए। “हाम्रो यहाँ विद्यालयमा केही परिवर्तनको आवश्यकता रहेको छ, सबैभन्दा पहिला विद्यालय व्यवस्थापन समिति हटाउनुपर्ने आवश्यकता छ”, उनले भने । उहाँले व्यवस्थापन समितिका कारण हुने गरेको राजनीतिले नै गर्दा शैक्षिक गुणस्तरीयता खस्केकोसमेत बताए ।
उनी भन्छन, “शिक्षक भर्नामा सुधार, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्ने र परम्परागतभन्दा आधुनिक प्राविधिक शिक्षामा जोड दिनुपर्छ, अनिमात्रै शिक्षामा सुधार आउनसक्छ, यसमा हामी सबैले बहस गर्न जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८१ - १७:१९
हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...
फाल्गुन २८ गते, २०८१ - १७:०४
जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय
फाल्गुन २८ गते, २०८१ - १६:५६
आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा
फाल्गुन २८ गते, २०८१ - १६:५२
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...
फाल्गुन २८ गते, २०८१ - १५:५१
काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...
फाल्गुन २८ गते, २०८१ - १५:४०
काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...
फाल्गुन २८ गते, २०८१ - १५:२६
काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...
फाल्गुन २८ गते, २०८१ - १५:२२
काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...
फाल्गुन २८ गते, २०८१ - १४:४६
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...
फाल्गुन २८ गते, २०८१ - १४:३५
काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...
प्रतिकृया लेख्नुहोस्: