काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् । काठमाडौंमा जारी बैठकबारे प्रश्न गर्दै उनले पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् ।
‘कतै राप्रपा केन्द्रीय समितिको बैठक‘ ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर’ त भएन ?’, उनले बैठकबारे प्रश्न गरेका छन्। राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनले बताए ।
संविधान संशोधनको विषयमा राजनीतिक दलहरूबीच छलफल चलिरहेकाले राप्रपाले पनि यसबारे धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए । संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै उनले यसका विषय के कस्ता हुन सक्छन् भनेर चर्चा गरेका छन् ।
संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् । एकजना व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
‘अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले भनेका छन् । प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाबारे जनमत संग्रह जस्ता विषयमा जाने गरी पार्टीले निर्णय लिनुपर्ने उनले बताएका छन् ।
संविधान संशोधनका लागि अन्य एजेण्डासमेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीले जिकिर गरेका छन् । ‘भ्रष्टाचारीलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीलाई मताधिकार, युवालाई रोजगारी ग्यारेन्टी संविधान संशोधनका क्रममा समेटिनुपर्छ’, उनले भनेका छन् ।
कर्मचारी र शिक्षकलाई राजनीतिमा निषेध गर्नेगरी आवश्यक व्यवस्था संविधानमै गरिनुपर्नेमा उनको जोड छ । तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
‘हामी अहिले एकअर्कालाई आरोप र प्रत्यारोप गरेर पार्टीको केन्द्रीय समिति बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ’, उनले भनेका छन्, ‘जो आफैंमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - १६:२४
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ ...
फाल्गुन २९ गते, २०८१ - १५:५८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका...
फाल्गुन २९ गते, २०८१ - १५:५२
काठमाडौं । काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्त...
फाल्गुन २९ गते, २०८१ - १५:४७
काठमाडौं । झापामा एक युवकले प्रेमिकाकै अगाडि आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो करिब १२ः१५ बजे कनकाइ नगरपालिका–४ इलुवाबारीमा सुनसरी इनरुवा–९ का १९ वर...
फाल्गुन २९ गते, २०८१ - १५:४५
काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ ...
फाल्गुन २९ गते, २०८१ - १५:१२
दोलखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर...
फाल्गुन २९ गते, २०८१ - १५:०९
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परे...
फाल्गुन २९ गते, २०८१ - १५:०७
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष...
फाल्गुन २९ गते, २०८१ - १५:०३
काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तप...
फाल्गुन २९ गते, २०८१ - १४:५४
काठमाडौ। रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्...
प्रतिकृया लेख्नुहोस्: