Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेछन् केही पौरखी युवा

खबरडबली संवाददाता

काठमाडौं । बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विकले रु दुई हजारको व्यापार गरिसक्छन् । घरघरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उनी कर्मस्थल फर्किन्छन् । बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गरेका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ ।

राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विक मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ । एक वर्षदेखि उनले बुढानीलकण्ठमा पाँच रोपनी जमिन भाडामा लिएर ६ वटा गाईसँगै तरकारी खेतीपनि थालेका हुन् । गाइपालनमा प्रशस्त आम्दानी हुने भएकाले उनले परिवारसमेतलाई यही पेशामा आबद्ध गराए । 

सरकारी जागिरे उनकी श्रीमतीले जागीरै छोडेर विकको कृषि कार्यमा साथ दिन थाल्यो । “गाउँका बेरोजगार र विदेश पलायन हुनथालेका युवालाई आफ्नै कृषि फार्ममा रोजगार दिएकोछु,” विकले भने, “स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन ।”

कृषि बजारमा थुप्रै सम्भावना छन् । बिचौलियाले किसान र उपभोक्तालाई ठगेका उनको गुनासो छ । यो बेथितिदेखि जोगीन विकले आफ्नै डेरीसमेत सञ्चालन गर्ने योजना बनाएको सुनाए । मल्टिभिजन एग्रोप्रडक्सन एण्ड सप्लायर नामको कम्पनी स्थापना गरेर उहाँले आफ्नै लगानीमा कृषिकर्म थाल्नु भएको हो ।

दोलखाका निकेश श्रेष्ठ अर्का उदाहरणीय युवा उद्यमी हुन् । श्रवण क्षमता कम भएका उनी कम्प्युटर इञ्जिनियर हुन । विदेश जाने सोचमा रहनुभएका उनी आमाबुबाको सपना साकार पार्नेतर्फ लागे । नौ महिनादेखि उनले राजधानीमा ‘कफीसप’ सञ्चालन गरेर श्रवणशक्ति नभएकाहरुले पनि समाजमा केही गर्न सक्छन्भन्ने गतिलो दृष्टान्त प्रस्तुत गरेका छन् ।

उद्यमी श्रेष्ठकी आमा सरुनाले उनलाई भाषामा र व्यवसायमा सघाउनुहुन्छ । “साथीहरू र आमाबुबाको उत्साहले कफीसप खोल्ने आँट गरेको हुँ”, श्रेष्ठ भन्छन्, स्वदेशमा उद्यमी बनेर ठिकै गरेछु जस्तो लाग्छ ।”

महाराजगन्ज चक्रपथ घर भएका ३६ वर्षे विराज खड्काका ‘आई एम द गार्डेन र खड्का नर्सरी’ प्रमुख उद्यमस्थल हुन् । आमाले परम्परागत रूपमा सुरु गरेको नर्सरी व्यापारलाई उनले आधुनिकीकरण गरेका हुन् । सन् २०१२ मा उच्च शिक्षाका निम्ति बेलायत बेलायत गएका उनी आमालाई व्यवसायमा सघाउन स्वदेश फर्किए ।

जिज्ञासु स्वभावका खड्काले एक दिन आमाले नर्सरीमा व्यापार गरिरहेको नियाली रहे । आमाले विरुवा हुर्काउन गरेको सङ्घर्षले उनलाई प्रेरणा मिल्यो । आमाको उद्यम फस्टाएको थिएन तर उहाँले काम भने जारी नै राखेका थिए । आमालाई सघाउन दृढ निश्चय गरेर तीन रोपनीमा सुरु गरेको नर्सरी अहिले २० रोपनीमा विस्तार भएको छ । 

एक लाख २० हजारका बेर्ना प्रत्येक महिना उत्पादन भए जुन चितवन, पोखरा, विराटनगर, झापा, धरान, भैरवाह, बुटवल, दाङलगायत सहरमा बिक्री हुने गरेका छन् । “यो व्यवसाय भनेको आजै रोपेर भोलि फल पाइहाल्छु भन्ने होइन,” उनले भने “व्यापारमा सफलता हालिस गर्न धैर्य आवश्यक छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending