काठमाडौं । आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।
दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि हालै मात्र थाहा भएको हो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ ।
प्रहरीका अनुसार, अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो । त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन् । २६ भदौ २०८१ मा फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर खोजतलास गरिएको भेटिएको छ ।
प्रहरीमा परेको जाहेरी अनुसार, शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए । त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ ।
पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ ।
‘त्यसबेला उहाँले मलाई हाल नगद १५ लाख ७६ हजार रुपैयाँ दिनु भन्नुभएको थियो, त्यसपछि बाँकी नगद २९ लाख २४ हजार रुपैयाँ ठिक्क पारेर राख्नुस्, मैले फोन गरेपश्चात लिएर आउनुस् भन्नुभएको थियो’, जाहेरीमा भनिएको छ, ‘मैले उक्त बाँकी रहेको रकम सापटी लिएर जम्मा गरेपछि उहाँलाई सम्पर्क गर्दा अहिले शरणार्थी प्रकरणको मुद्दा चर्किएको भन्दै चुप लागेर बस्न भन्नुभएको थियो ।’
जाहेरीमा उल्लेख भएअनुसार, शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो । प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।
आइतबार दर्ता भएको मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बयान र बहस हुँदैछ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०८० मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।
उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
पाण्डे, रायमाझी लगायतका व्यक्तिहरु अझै कारागारमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...


प्रतिकृया लेख्नुहोस्: