धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ । १२औँ अधिवेशनले सुरेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा बिकाराम राई, अञ्जना मगर चयन भएका छन् । यस्तै सचिवमा मिनकुमार थापा, सहसचिवमा याम बहादुर आले, कोषाध्यक्ष तेजप्रसाद अधिकारीलाई चयन गरिएको छ।
यस्तै प्रदेश प्रतिनिधिहरूमा क्रमशः विनोद बस्नेत, नेत्र श्रेष्ठ, अनुजा पराजुली, विनय पौडेल र केन्द्रीय प्रतिनिधिहरूमा रामकृष्ण सुवेदी, इन्द्र ब. भण्डारी, माईती कुमारी राई, इन्द्र ब। पोख्रेललाई चयन गरिएको छ। अधिवेशन उद्घाटन सहित शुभकामना सन्देश दिँदै पूर्वमन्त्री राजेन्द्र कुमार राईले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गरेका छन्।
निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उनले आग्रह गरेका छन्। एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गरे। निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...


प्रतिकृया लेख्नुहोस्: