उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दसाैँ संस्करण भोलि मंगलबारदेखि सुरु हुने भएको छ ।
बसाहा क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका– ४ बसाहामा हुने प्रतियोगितामा आठ टिम सहभागी छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने प्रतियोगिता बसाहाको बर्खेडाँडास्थित नारदमुनि थुलुङ रंगशालामा हुने आयोजक क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार मंगलबार हुने उद्घाटन खेलमा संकटा एफसी काठमाडौं र बागमती युवा क्लब सर्लाही भिड्नेछन्। दोस्रो खेलमा आयोजक बसाहा क्लब र झापा ११ फुटबल क्लब झापा भिड्नेछन्।
यसैगरी, तेस्रो खेलमा सलहेस युवा क्लब सिराहा र एलएक्स सिटी क्लब मोरङ भिड्दा चौथो खेलमा न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर सप्तरीसँग सुनसरीको एभरेस्ट फुटबल क्लबले शक्ति दाँज्नेछन्।
माघ १९ र २० गते सेमिफाइनल हुने प्रतियोगिताको फाइनल २२ गते हुनेछ। विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ दी म्याचलाई पाँच हजार प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।
यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ।
४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। ००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ।
बसाहामा नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय, रंगशाला उनकै नामबाट नामकरण गरिएको छ। असोज १७ गतेदेखि हुने भनिएको गोल्डकप विविध प्राविधिक कारणले चार महिना पछि सरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: