काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेको छन । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।
सोनाम ल्होसार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए ।
उनले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको बताए।
राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - १६:५०
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्...
कार्तिक २९ गते, २०८२ - १६:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छन्। राजदूत फेनसहितको प्रतिनिधि मण...
कार्तिक २९ गते, २०८२ - १६:२४
काठमाडौँ। निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्...
कार्तिक २९ गते, २०८२ - १६:१४
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योज...
कार्तिक २९ गते, २०८२ - १६:०१
पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका...
कार्तिक २९ गते, २०८२ - १५:३९
दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती
कार्तिक २९ गते, २०८२ - १५:२९
नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प...
कार्तिक २९ गते, २०८२ - १५:१७
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको ...
कार्तिक २९ गते, २०८२ - १५:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राका लागि शु...
कार्तिक २९ गते, २०८२ - १४:५७
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्री...




प्रतिकृया लेख्नुहोस्: