Ntc summer Offer
Khabar Dabali ३ फाल्गुन २०८१ शनिबार | 15th February, 2025 Sat
Investment bank

बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी

खबरडबली संवाददाता

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो ।

परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताएका छन् । उनले उक्त परीक्षणको नतिजा ठिक रहेको बताए । परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको उनको भनाई छ ।

उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर, विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणको लागि आएका छौं । गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं । आज बल्खुमा अनुगमन गरौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरु काठमाडौं, भक्तपुर,ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ ।तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य, प्याजको भाउ दैनिक उकालो लाग्दै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेज...

महाकुम्भमा भयानक दुर्घटना १० को मृत्यु, १९ घाइते

काठमाडाैं  । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  ...

एमाले निकट कर्मचारी संगठनको नेतृत्व चयनमा विवाद

महाधिवेशन दुईदिन लम्बिँदा नेतृत्व चयन नभएपछि पार्टीको हस्तक्षेप

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ

काठमाठौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर...

सत्ता साझेदार दलको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बै...

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँ...

ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...

ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...

मधेशका मुख्यमन्त्री सिंहविरुद्ध जनकपुरधाममा मसाल जुलुस

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाह...

जनताको साथ पाए नयाँ पार्टी खोल्ने हर्क साम्पाङको उद्घोष

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy