काठमाडौं । नेकपाको जारी बैठकमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन परिणामबारे फरक धारको समीक्षा दस्तावेज प्रस्तुत गरेका छन्। तेस्रो वरीयताका नेताको हैसियतमा उनले पेश गरेको दस्तावेजमा फागुन २१ को निर्वाचनमा वामपन्थी शक्तिको पराजयको मुख्य कारण जनताको आशा पूरा गर्न नसक्नु रहेको ठहर गरिएको छ।
खनालले २०७४ को निर्वाचनपछि बनेको करिब दुईतिहाइ बहुमतको वाम सरकारमाथि ठूलो ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गरेका छन्। जनआन्दोलन र सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएका जनताको अपेक्षा उच्च रहेको स्मरण गराउँदै उनले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाजस्ता आधारभूत विषयमा ठोस उपलब्धि दिन नसक्नु कमजोरी भएको बताएका छन्।
उनले प्रश्न उठाएका छन्— आठ वर्षअघि व्यापक जनमत प्राप्त गरेको वाम शक्ति छोटो अवधिमै किन कमजोर बन्यो ? जनताको मन र मत यसरी किन पल्टियो ? यसको आन्तरिक र बाह्य कारण के–के हुन् ? यी सबै पक्षको गहिरो र तथ्यपरक समीक्षा आवश्यक रहेको उनको जोड छ।
दस्तावेजमा भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन, त्यसपछिको राजनीतिक तरंग तथा देशी–विदेशी शक्तिको प्रभाव र प्रविधिको प्रयोगजस्ता विषयलाई पनि उनले विश्लेषण गरेका छन्। ती कारणले नयाँ शक्तिलाई लाभ पुगेको निष्कर्ष दस्तावेजमा उल्लेख छ।
खनालले पार्टीले भावनात्मक होइन, सामग्रीक र वस्तुगत समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार गम्भीर आत्ममूल्यांकनबाट मात्र पार्टी र आन्दोलनले भविष्यका लागि आवश्यक पाठ सिक्न सक्छ।
हेर्नुहोस् खनालको दस्तावेजको पूर्णपाठ-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: