काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ। मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा आज सुनुवाइ हुने जनाइएको छ। यसअघि अदालतले पक्ष–विपक्षलाई बहस नोट पेस गर्न आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग दाबी गरेको छ।
आयोगका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप छ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। त्यस्तै २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिएको अभियोगपत्रमा उल्लेख छ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको भन्दै ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: