Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

पाथीभरामा केबलकार निर्माण विवादबारे योगेश भट्टराईको १९ बुँदे धारणा

खबरडबली संवाददाता

काठमाडौँ ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीपाथीभरामा केबलकार निर्माण विवादबारे  १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको प्रस्ट्याए ।

‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो’, भट्टराईले भने, ‘पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो । जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट ठुलो मात्रामा श्रद्धालु दर्शनार्थी आउने गरेका छन् ।’


उनले पाथीभरालाई शक्तिको प्रतीक देवीको रूपमा बुझिने भन्दै खस,आर्य लिम्बु राई किराँत गुरुङ,तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल भएको पनि बताए ।

उनले भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस् वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुई मत नभएको भन्दै केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको बताए ।

भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गरेका छन् ।

‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ’, भट्टराईले आन्दोलनरत पक्षलाई भनेका छन् ।

परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किन खालका गतिविधिले कसैको हित नहुने भन्दै उनले यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वाता गरी समस्यालाई समाधान गर्न माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जनतासँग माओवादी’ अभियान

केन्द्रले समय तालिका बेलैमा नपठाउँदा अलमलमा प्रदेश समितिहरु

घरको रेलिङबाट खसेर चन्द्रागिरिमा एक जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ ।चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सै...

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

झापा । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेक...

झापामा ६१६ नयाँ क्षयरोगी

झापा ।  झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग ...

अर्थमन्त्री पौडेल र पोखरामा मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल वर्न अस्पतालमा

कीर्तिपुर। राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी ल...

सुनको मूल्यमा भारी गिरावट, एकै दिन घट्यो २७ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रु...

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं ।  खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्त...

बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग, कति छ जोखिम ?

काठमाडौं ।  पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र ...

बैंकिङ प्रणालीबाटआज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आ...

कमलपोखरी ग्यास विस्फोट घटनाः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy