Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चर्को आलोचनापछि विश्वप्रकाशले भने- अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ठाडै अस्वीकार्य हुन्छ

'प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न, देश ढुक्क रहोस् विधेयक बदलिन्छ'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका छन् ।

सरकारले सामाजिक मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले पनि स्वीकार्य नहुने बताए। 

उनले वर्तमान सरकारले ल्याएको विधेयकमा प्रस्तावित विषयहरू मान्न नसकिने र त्यो विधेयक बदलिने भन्दै ढुक्क हुन समेत आग्रह गरेका छन् । 

यस्तै प्रकृतिको विधेयक विगतमा पनि संसद्‌मा प्रवेश गराउने प्रयास भएको थियो । त्यसबेला पार्टीको प्रवक्ता रहेका शर्माले त्यसबारे विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए । 

अहिले कांग्रेस-एमाले गठबन्धनकै सरकार हुँदा पुनस् त्यही प्रकृतिको विधेयक सरकारले अघि बढाएपछि उनीमाथि प्रश्न उठेको थियो ।

शर्मा यो विधेयकको विरुद्ध नबोलेको भन्दै आलोचना भएपछि उनले भनेका छन्, 'प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस्- दृस्टि बदलिन्न, विधेयक बदलिन्छ। सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ ।' 

उनल अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य भएको बताएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending