अमेरिका । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ । ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो ।
अहिलेसम्म २८ जनाको शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धत गर्दै समाचार लेखेका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका थिए । एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा अवस्थाको अनुगमन भइरहेको बताएका छन् । दुर्घटनाग्रस्त विमान पानीमा परेकाले यात्रु सकुशल रहने सम्भावना कम देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८१ - १८:४६
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धार...
फाल्गुन ९ गते, २०८१ - १८:४१
पर्सा । सशस्त्र प्रहरी बलले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ प...
फाल्गुन ९ गते, २०८१ - १८:३८
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी...
फाल्गुन ९ गते, २०८१ - १८:३१
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई क...
फाल्गुन ९ गते, २०८१ - १८:२५
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भए...
फाल्गुन ९ गते, २०८१ - १८:२१
काठमाडौं । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग...
फाल्गुन ९ गते, २०८१ - १८:१२
कपिलवस्तु । विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घ चरणबद्ध आन्दोलन सुरु गरेको छ । महासङ्घले २०७५, २०७८ र २०८० मा सरकारसँग ...
फाल्गुन ९ गते, २०८१ - १८:०५
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-५ स्थित सानोपोखरामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्तको घरमा आएका चितवन जिल्ला कालिका नगरपालिका ६ खोलेश...
फाल्गुन ९ गते, २०८१ - १८:०१
चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान
फाल्गुन ९ गते, २०८१ - १७:५२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्...
प्रतिकृया लेख्नुहोस्: