तनहुँ। कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार सिद्ध गुफाअन्तर्गत केउलेदेखि मसारडाँडा जाने चौकसम्मको खण्ड मिति फागुन ११ देखि फागुन १८ गतेसम्म बन्द रहनेछ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले निर्माण कार्यलाई गुणस्तरीय र सुरक्षित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपरेको बताए। “सडक कालोपत्रे कार्य भइरहेकाले सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहनेछ । त्यसैले तोकिएको अवधिसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द गरिएको हो,” उनले भने।
उनका अनुसार निर्माण कम्पनीमार्फत कालोपत्रे कार्य तीव्र गतिमा अघि बढाइएको छ । निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको जनाउँदै उनले स्थानीयवासी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरे।
भिमाद नगर गौरवको आयोजना अन्तर्गत करीव एक किलो मिटर सडक कालोपत्र गर्न लागिएको भिमाद नगरपालिकाको सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए। यो मार्गले भिमाद नगरपालिकाको वडा नम्बर ७ र ९ जोडेको छ ।
ढकालले भने, ‘‘यस क्षेत्रका नागरिकले धुलोरहित र सहज सडक सेवा पाउनेछन भिमाद नगर गौरवको योजनाअन्तर्गत एक करोडको लागतमा निर्माण गर्न लागेका हौं ।” सडक कालोपत्रेको काम इको जोन आर्किटेक्ट एण्ड कन्स्ट्रक्सन प्रालि, पोखराले गरिरहेको ढकालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १०:५१
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गरेको छिन् । जेनेभामा आयोजित मानव अधिकार परिषद...
फाल्गुन १२ गते, २०८२ - १०:३८
महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखस...
फाल्गुन १२ गते, २०८२ - १०:०८
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ...
फाल्गुन १२ गते, २०८२ - १०:०२
दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ...
फाल्गुन १२ गते, २०८२ - ०९:५१
तनहुँ। कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार स...
फाल्गुन १२ गते, २०८२ - ०९:४५
गुल्मी। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पक...
फाल्गुन ११ गते, २०८२ - १६:५२
काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...
फाल्गुन ११ गते, २०८२ - १६:४१
किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...
फाल्गुन ११ गते, २०८२ - १६:३५
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...
फाल्गुन ११ गते, २०८२ - १६:२४
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...



प्रतिकृया लेख्नुहोस्: