बनेपा । असोज दोस्रो साता आएको बाढीपहिरोबाट विनाश भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पर्ने रोसी खोला क्षेत्रमा खोला र पुरिएका जग्गा छुट्याउने कामलाई तीव्रता दिइएको छ ।
नापी कार्यालय काभ्रेपलाञ्चोक र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा पनौती नगरपालिकाले बाढीपहिरोले क्षति गरेको वडा नम्बर–१२ स्थित रोसी खोला क्षेत्रमा खोला र कित्ताको जग्गा छुट्याउने काम सुरु गरिएको हो ।
प्रमुख नापी अधिकृत अशोककुमार भुसालले १४ जना प्राविधिक खटाएर विगत एक महिनादेखि बाढीपहिरोका कारण धार परिवर्तन गरेको रोसी खोलालाई साविकको स्थानबाट बगाउने, रोसी खोलाले पुरेको, बगाएको जग्गाको पुनर्स्थापना गर्ने काम सुरु गरिएको बताए । उनले नापी कार्यालयका चार जना, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका विज्ञ कर्मचारी १० जना गरी १४ जना प्राविधिकहरू जग्गा पुनर्स्थापनाको काममा लागेको बताए।
“बाढी पहिरोपछि रोसी खोलाले साविकको ठाउँभन्दा फरक ठाउँबाट धार परिवर्तन गरेको छ, नागरिकहरूले घर बनाउने प्रयोजनका लागि नक्सा पास गर्न पाएनन्, किसानले खेती गर्नका लागि आफ्नो खेतबारी फेला नपारेपछि नगरपालिकाले जग्गा छुट्याइ दिन आग्रह गरेपछि हामीले जग्गा पुनर्स्थापना गर्ने काम सुरु गरेका हौँ” प्रमुख नापी अधिकृत भुसालले भने।
उहाँनले पनौती नगरपालिकाले तालिम केन्द्रका १० विज्ञ कर्मचारीलाई पारिश्रमिक दिनेगरी जग्गा पुनस्र्थापनाका लागि नियुक्त गरेको बताए। रोसी खोला तथा जग्गा पुनर्स्थापनामा खटिएका कर्मचारीलाई तालिम प्रदान गरेपछि उनीहरू कार्यक्षेत्रमा खटिएको बताए।
उनले बाढीपहिरोपछि रोसी खोलालाई करिब नौ किलोमिटर र वडा नम्बर–१२ का करिब तीन सय कित्ता जग्गाको पुनर्स्थापना गर्नुपर्ने अवस्था रहेको बताए। प्रमुख नापी अधिकृत भुसालले कार्यक्षेत्रमा खटिएको टोलीले हालसम्म करिब नौ किलोमिटर खोलामध्ये करिब साढे सात किलोमिटर खोलालाई वि.सं. २०३२ को नापीअनुसारको स्थानबाट बगाएको र तीन सय कित्तामध्ये ६० वटा कित्ता जग्गालाई साविककै स्थानमा पुनर्स्थापना गरिएको बताए।
प्रमुख नापी अधिकृत भुसालले बाढी पहिरोले क्षति गरेको बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका, मण्डनदेउपुर नगरपालिकामा खोला र जग्गा पुनर्स्थापना गर्नुपर्ने भएका कारण कार्यालयले पनौतीमा गरेको कामको मोडलको आधारमा उक्त पालिकालाई समेत सहयोग गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: