Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

महेश बस्नेतविरुद्ध रबि लामिछानेको समुह लागेको युवासंघ महासचिवको आरोप

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिरूद्द रबि लामिछानेको समुह लागेको आरोप लागेको छ ।

नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ठाउँ ठाउँबाट अयोग्य साबित हुदाँ पनि अझै शोभा पाठकलाइ प्रयोग गरिरहेको पुरीको आरोप छ ।

‘६ महिना अगाडि नै नेकपा एमाले का युवा नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको उजुरीमा उच्च अदालतले दाबी नपुग्ने ठहर गरेको थियो। प्रमाण अभावका कारण प्रहरी र सरकारी वकिलले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरे, जुन अदालतले सदर गरिसकेको छ’ उनले भनेका छन् ।

भारतको अस्पतालमा पाठकको उपचारको क्रममा जबर्जस्ती पति उल्लेख गर्न लगाएको पुरीले जनाएका छन । सो कार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानको समुह लागेको उनको दावी छ । ‘तर, तीन महिना अगाडि  षड्यन्त्रकारीहरूले नयाँ नाटक गरे। रबि लामिछानेको आदेशमा राजिव खत्री, निकिता पौडेल र ज्वाला संग्रौलाले मिलेर नेपाल महिला संघ, ललितपुरकी शर्मा नामकी महिलालाई प्रयोग गरी हरियाणा, भारतसम्म पुर्‍याए। त्यहाँ ५ हजार घुस खुवाएर तुलसी मेन्टल अस्पतालमा मानसिक उपचार गराएको नाटक गरे। त्यसै अस्पतालको कागजातमा पति महलको स्थानमा महेश बस्नेतको नाम लेखाइयो,’ पुरीले भनेका छन, ‘पछि, सुरेन्द्र भण्डारीमार्फत उक्त नक्कली कागजातलाई पुरक प्रमाण भन्दै प्रहरीसमक्ष बुझाइयो। तर, प्रहरी र सरकारी वकिलले गहिरो अनुसन्धान गर्दा यो झूटो र षड्यन्त्रपूर्ण योजना भएको पुष्टि भईसकेको छ।’

शोभा पाठकले लगाएको आरोपमा कुनै सत्यता नभएको महासचिव  पुरीको दावी रहेको छ । ‘यसअघि पनि भारतमा बनाइएका नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका सेना, प्रहरी, र कर्मचारीहरूको जागिर अख्तियारले खोसिसकेको छ। तर, अब झूट्टा प्रमाण र षड्यन्त्रको आधारमा महेश बस्नेतको उर्जावान राजनीति समाप्त पार्ने सपना देख्ने षड्यन्त्रकारीहरूको अन्त्य हुने छ।’

राजिब खत्री, ज्वाला संग्रौला, शोभा पाठक र उनीहरूका मतियारहरूले षड्यन्त्र र हनी ट्र्याप को माध्यमबाट एमालेका युवा नेतालाई फसाउने दुष्प्रयास गरेका छन । अब यी सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। एमालेका नेताविरुद्ध षड्यन्त्र गर्नेहरूका दिवासपना चकनाचुर हुनेछन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending