काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिरूद्द रबि लामिछानेको समुह लागेको आरोप लागेको छ ।
नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ठाउँ ठाउँबाट अयोग्य साबित हुदाँ पनि अझै शोभा पाठकलाइ प्रयोग गरिरहेको पुरीको आरोप छ ।
‘६ महिना अगाडि नै नेकपा एमाले का युवा नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको उजुरीमा उच्च अदालतले दाबी नपुग्ने ठहर गरेको थियो। प्रमाण अभावका कारण प्रहरी र सरकारी वकिलले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरे, जुन अदालतले सदर गरिसकेको छ’ उनले भनेका छन् ।
भारतको अस्पतालमा पाठकको उपचारको क्रममा जबर्जस्ती पति उल्लेख गर्न लगाएको पुरीले जनाएका छन । सो कार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानको समुह लागेको उनको दावी छ । ‘तर, तीन महिना अगाडि षड्यन्त्रकारीहरूले नयाँ नाटक गरे। रबि लामिछानेको आदेशमा राजिव खत्री, निकिता पौडेल र ज्वाला संग्रौलाले मिलेर नेपाल महिला संघ, ललितपुरकी शर्मा नामकी महिलालाई प्रयोग गरी हरियाणा, भारतसम्म पुर्याए। त्यहाँ ५ हजार घुस खुवाएर तुलसी मेन्टल अस्पतालमा मानसिक उपचार गराएको नाटक गरे। त्यसै अस्पतालको कागजातमा पति महलको स्थानमा महेश बस्नेतको नाम लेखाइयो,’ पुरीले भनेका छन, ‘पछि, सुरेन्द्र भण्डारीमार्फत उक्त नक्कली कागजातलाई पुरक प्रमाण भन्दै प्रहरीसमक्ष बुझाइयो। तर, प्रहरी र सरकारी वकिलले गहिरो अनुसन्धान गर्दा यो झूटो र षड्यन्त्रपूर्ण योजना भएको पुष्टि भईसकेको छ।’
शोभा पाठकले लगाएको आरोपमा कुनै सत्यता नभएको महासचिव पुरीको दावी रहेको छ । ‘यसअघि पनि भारतमा बनाइएका नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका सेना, प्रहरी, र कर्मचारीहरूको जागिर अख्तियारले खोसिसकेको छ। तर, अब झूट्टा प्रमाण र षड्यन्त्रको आधारमा महेश बस्नेतको उर्जावान राजनीति समाप्त पार्ने सपना देख्ने षड्यन्त्रकारीहरूको अन्त्य हुने छ।’
राजिब खत्री, ज्वाला संग्रौला, शोभा पाठक र उनीहरूका मतियारहरूले षड्यन्त्र र हनी ट्र्याप को माध्यमबाट एमालेका युवा नेतालाई फसाउने दुष्प्रयास गरेका छन । अब यी सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। एमालेका नेताविरुद्ध षड्यन्त्र गर्नेहरूका दिवासपना चकनाचुर हुनेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: