कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ।
मन्त्री कार्कीको लु १ झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडी रहेका छन् । ती ट्रक चालकहरूलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ । मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीले जर्बजस्ती कारबाही गर्न निर्देशन दिएका थिए।
मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन् ।
‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने, साइड मिररबाट मन्त्री चिन्न सकिन्न, पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेको समेत चालकहरूले दुखेसो पोखे ।
मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए । गाडी आफैमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले बाटो छेक्दै गाडीको भिडियो बनाइरहेका थिए, र हर्न बजाउँदा पनि सडक जाम गर्न थालिसकेपछि कारबाही सिफारिस गरिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - २२:०२
काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...
बैशाख ४ गते, २०८३ - २१:५३
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...
बैशाख ४ गते, २०८३ - २१:४५
नयाँ सरकारलाई पनि पुरानै चुनौती
बैशाख ४ गते, २०८३ - २०:४४
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...
बैशाख ४ गते, २०८३ - २०:३६
रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...
बैशाख ४ गते, २०८३ - २०:३०
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...
बैशाख ४ गते, २०८३ - २०:२२
दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...
बैशाख ४ गते, २०८३ - २०:२१
हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...
बैशाख ४ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...
बैशाख ४ गते, २०८३ - २०:०८
आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा


प्रतिकृया लेख्नुहोस्: