Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आहा–रारा गोल्डकप: चर्चा ब्वाइज क्वार्टरफाइनलमा

खबरडबली संवाददाता

कास्की । सडन डेथमा एनआरटी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो । 

टाइब्रेकरमा ४–४ को बराबरी भएपछि खेल सडन डेथमा चर्च ब्वाइज भाग्यमानी बन्यो । सडन डेथमा चर्चका गोलरक्षकले तीन खेलाडीको प्रहार रोक्दा एनआरटीका गोलरक्षकले दुई वटामात्र रोक्न सफल भए । 

चर्च ब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टेकेन्द्र सिंह थापाले गोल गरे । सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल बनेको थियो । यस्तै एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार र राजिव लोप्चनले गोल गरे । एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल बनेको थियो । 

यसअघि निर्धारित समयको २५औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर ६४औँ मिनेटमा चर्च ब्याइजका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबराबरीमा ल्याए । 

त्यसपछि सडन डेथमा पुगेर चर्च ब्वाइजले बाजी मार्‍यो । तीन पेनाल्टी रोक्न सफल चर्च ब्वाइजका गोलरक्षक टेकेन्द्र सिंह थापा म्यान अफ दि म्याच घोषित भए । चर्च ब्वाइजले सेमिफाइलन प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी क्बलसँग खेल्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending