Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गुल्मीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९५ दशमलव ६० प्रतिशतले लगाएका छन् । यस जिल्लामा माघ २२ गतेदेखि सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार शुक्रबारसम्म रेसुङ्गा नगरपालिकामा ९१ दशमलव १० प्रतिशत र मुसिकोट नगरपालिकामा ९५ दशमलव १९ प्रतिशतले एचपिभी खोप लगाएका छन् । कालीगण्डकी गाउँपालिकामा ९६ दशमलव ०४ प्रतिशत, सत्यवती गाउँपालिकामा ९५ दशमलव ३९ प्रतिशत, चन्द्रकोट गाउँपालिकामा ९५ दशमलव ६४ प्रतिशत, इस्मा गाउँपालिकामा ९४ दशमलव ४६ प्रतिशत, मालिका गाउँपालिकामा ९९ दशमलव २२ प्रतिशतले एचपिभी खोप लगाएको उनले जानकारी दिए।

त्यसैगरी मदाने गाउँपालिकामा ९९ दशमलव ०१ प्रतिशत, धुर्कोट गाउँपालिकामा ९२ दशमलव ५० प्रतिशत, गुल्मीदरबार गाउँपालिकामा ९८ दशमलव ६२ प्रतिशत, छत्रकोट गाउँपालिकामा ९४ दशमलव ४३ प्रतिशत र रुरुक्षेत्र गाउँपालिकामा १०० दशमलव १४ प्रतिशतले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरु र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षसम्मका किशोरीलाई लक्षित गरेर सरकारले एचपिभी खोप अभियान सञ्चालन गरेको छ ।

खोप अभियानलाई व्यवस्थित गरी खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ । फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानमा जिल्लाका सामुदायिक १८५ र संस्थागत २५ गरी कुल २१० विद्यालयमा कक्षा ६ देखि दशसम्म अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरु गरी कुल ११ हजार ४८८ जनालाई खोप लगाइने लक्ष्य राखिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending