Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अध्यादेशबाट शासन गर्न खोज्नु गलत : नेता श्रेष्ठ

खबरडबली संवाददाता

तानसेन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताएको छन । प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सदन नबसेका कारणले देशमा तत्काल देखा परेको समस्या समाधान गर्न अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि सरकारले त्यसलाई कुल्चेको आरोप उनले लगाए।

उनले भने, ‘‘सदन नबसेको बेलामा देशमा देखिएको विशिष्ट समस्या तत्कालै समाधान गर्न अध्यादेश ल्याउने संसदीय परम्परा हो, तर देशमा अहिले त्यस्तो परिस्थिति नभएको बेलामा अध्यादेश ल्याउनु देश र जनताको हितविरुद्ध छ ।’’

सामान्य अवस्थामा पनि अध्यादेश ल्याएकाले माओवादीलगायतका प्रतिपक्षी दलहरूले त्यसको विरोध गरेको श्रेष्ठले बताए। उनले विचार मिल्नेसँग एकता र विचार नमिल्ने पार्टीहरूसँग कार्यगत एकता गरेर देशको राष्ट्रिय एजेण्डामा सँगै अघि बढ्ने जानकारी दिए।

श्रेष्ठले अहिलेको मुख्य राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नु रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति दिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । अबको राजनैतिक परिवर्तन आम जनताले अनुभूति गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए।

नेता श्रेष्ठले नेपाली श्रमिक युवालाई स्वदेशमा जबसम्म बस्ने र फर्काउने अवस्था रहँदैन, तबसम्म राजनैतिक परिवर्तनको औचित्य नहुने जिकिर गरे। सरकारले राष्ट्रिय कार्यभार पूरा गर्ने सन्दर्भमा ल्याएका एजेण्डामा आफूहरू छलफल गर्न तयार रहेको श्रेष्ठको भनाइ छ । हिजो माओवादीको नेतृत्वमा भएको सरकारले सुशासन, समृद्धि र जनआकाङ्क्षा पूरा गर्ने गरी काम गरेपनि वर्तमान सरकारले त्यसलाई छाडेको उनको दाबी छ ।

एमाले र कांग्रेस सम्मिलित सरकार बनेपछि भ्रष्टाचारीलाई जसरी जोगाउने काम भएको छ, त्यसलाई आफूहरूले प्रतिवाद गर्ने नेता श्रेष्ठले बताए। आफूहरू सरकारमा भएका बेला अगाडि बढाएको भुटानी शरणार्थी काण्डको पूरा अनुसन्धान नसकिएको अवस्था रहेकाले त्यसलाई पूर्णता दिन उनले सरकारलाई आग्रह गरे। 

अहिले जनताले चाहेअनुसारको पार्टी बनाउन माओवादीले देशभर नयाँ अभियान थालेको बताए। माओवादीलाई समयअनुसार जनताको पार्टी बनाउन पार्टी पुनर्गठनको अभियान सुरु भएको माओवादी नेता श्रेष्ठको भनाइ छ । देशको हित र जनताको चाहना अनुसारको पार्टी बनाउन माओवादी रूपान्तरण नभई नहुने र त्यसका लागि माओवादीले आफू बद्लिने र देशलाई बदल्ने अभियान सुरु गरिसकेको उनले जिकिर गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending