Ntc summer Offer
Khabar Dabali ७ चैत्र २०८१ शुक्रबार | 21st March, 2025 Fri
Investment bank

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस, विधेयकमा के-के छन् ?

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरे। त्यसअघि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए। 

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रिय सभामा उक्त विधेयक दर्ता गराएको थियो। 

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पारे। 

विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ। 

यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लिल, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन्।

विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकुलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ। 

यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ। गलत मनसायले सामजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट , लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग  वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ।

उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ। 


सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ। आव २०८०र८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

सिद्धार्थनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको के...

पृथ्वीराज मार्गको अवरोध आंशिकरुपमा हट्यो

तनहुँ । राजमार्ग विस्तारको क्रममा पृथ्वीराज मार्गमा भएको एक महिना सम्मको आंशिक अवरोध हटेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुग्लिङ–पोखरा ...

उज्यालोको नायक कुलमान होइन, बरु भारतलाई धन्यबाद दिउँः ऊर्जामन्त्री

उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप

प्रधानमन्त्री कपमा पुलिस, सुदूरपश्चिम र मधेश विजयी

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ । सिद्धा...

नवलपरासीका तीन वटै क्याम्पसमा नेविसंघको नेतृत्व विजयी

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ।  जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर,...

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी

नेपालगन्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै...

महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ । युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ । आयो...

गोरखा क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी

सुलीकोट । गोरखाको एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पासमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। बुधबार बिहान भएको अन्तिम मतगणना अनुसार स्ववियुको ...

पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन नपाइने

काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ ।  पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy