बागलुङ । बागलुङका सुरथ सुवेदी विगत १८ वर्षदेखि व्यावसायिक कुखुरापालनमा लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीले कुखुरापालनबाटै मासिक रु पाँच लाख बचत गनेए गरेका छन् ।
एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए । उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका थिए ।
अहिले उनको कुखुरा फार्मममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा क्रिीका लागि जाने सुवेदीले जानकारी दिए । “धेरै पटक असफलता व्यहोर्नु पर्यो, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदोरहेछ”, उनले भने, “हार मानेको भए, अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक रु पाँच लाख बचत हुन्छ, गत वर्ष कुखुराले अण्डा नदिँदाको घाटा अहिले पूरा गर्दैछु ।”
उनले विसं २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आएका छन् । चितवनमा निरन्तर सफलता हाँसिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदीले बताए ।
“मनग्ये आम्दानी कमाई भइरहेको थियो तर एकैपटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि रु ६० लाख घाटा पर्यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ”, उनले भने । लामो समय हुर्काएका कुखुराले अण्डा नदिँदा घाटा भएको उनको भनाइ छ ।
विसं २०७० मा पाँच जनाको समूहले भाटेखोलामा लेयर्सजातको कुखुरा पाल्न थाले पनि अहिले आफ्नो निजी फार्म सञ्चालन गरेको सुवेदीले बताए । उनका अनुसार उक्त फार्ममा अहिलेसम्म रु ६० लाख लगानी भइसकेको छ । कृषिमा उल्लेख्य नतिजा प्राप्त गर्न प्राविधिक ज्ञानसमेत हुन आवश्यक रहेको उनले उल्लेख गरे ।
“पोहोर ५२ सय चल्ला हालेँ, तर एक सय ५० वटाले मात्र अण्डा पारे अरुले पारेनन्, ११ महिनाको अवधिमा राम्रो अण्डा नआउँदा र दाना खर्चमा झण्डै रु ७० लाख घाटा भयो”, सुवेदीले भने, “यो पेसामा निकै जोखिम छ, तर प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम सङ्कलन गर्नसक्ने हो भने घाटा छैन, अहिले मासिक रु पाँच लाख नाफा हुन्छ, अण्डाको मूल्य मनग्ये पाइएको छ ।” फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उनले बताए ।
बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा सुवेदीले जोड दिए ।
फार्ममा श्रीमती शिला सुवेदीले निरन्तर साथ र उत्प्रेरणा दिँदै आएकी छिन् । सुवेदी परिवारले २२ रोपनी जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर फार्म सञ्चालन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: