सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् ।
उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताएका हुन् । ‘उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ,’ नाम न छाप्ने सर्तमा अधिकारीले भने । सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।
युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका छन् ।
मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् । तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: