Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

आहा–रारा गोल्डकप: उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनलमा प्रवेश

खबरडबली संवाददाता

कास्की । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा मङ्गलबार भएको खेलमा ब्ल्याक बुल्सले थन्डर बोल्ट नर्थ युनाइटेड भारतलाई ३–० गोलले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । ब्ल्याक बुल्सको जितमा स्लोमजोन, दाभलाट्जोनभ, साट्टोरोभले एक/एक गोलको योगदान दिए । खेलको ३८औँ मिनेटमा साट्टोरोभले दिएको पासलाई स्लोमजोनले वान भर्सेस वानको अवस्थामा प्रहार गर्दा पोस्टमा छिरेको थियो ।

खेलको ७३औँ मिनेटमा साट्टोरोभको पासलाई दामलाट्जोनभले गोलमा परिणत गरे । ७५औँ मिनेटमा दामलाट्जोनभले डिबक्समा मिलाइदिएको पासलाई साट्टोरोभले पोस्ट प्रहार गर्दा बलले जाली चुम्यो । ब्ल्याक बुल्सले फाइनल यात्राका लागि थ्रीस्टार क्लबसँग प्रतिष्पर्धा गर्नेछ । खेलमा ब्ल्याक बुल्सका एलिजोनभ म्यान अफ दि म्याच घोषित भए । 

मङ्लबारको खेलमा नर्थ युनाइटेडले राम्रो मुभ निकाल्न सकेन । खेलको ८५औँ मिनेटमा करण राईले प्रहरा गरेको हेड बललाई विपक्षी किपर राजाबोभले बचाए । नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडीबिच तालमेल नहुँदा गोल हुन नसकेको बताउँदै विपक्षी टोलीले राम्रो खेलको बताए ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले विपक्षी भन्दा आफ्ना खेलाडीले राम्रो खेलेको बताउँदै आगामी खेल पनि उत्कृष्ट बनाउने गरी रणनीति तय गर्ने बताए । विदेशी टोली ब्ल्याक बुल्सको खेल यो संस्करणमा आहा रारामा सहभागी टिम मध्येकै राम्रो भएको दर्शकको प्रतिक्रिया थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE