Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कोशी ब्यारेज आयु सकियो, नयाँ पुल कहिले बन्ला?

खबरडबली संवाददाता

काठमाडौं ।  सप्त कोसीमा बाँधिएको बाँध (ब्यारेज) सम्भवतः पूर्वपश्चिम राजमार्गकै पहिलो पुल पनि हो । सन् १९६२ मा बनिसकेको यस बाँधको आयु समाप्त भइसके पनि नेपालले नयाँ पुल बनाउन सुरु गर्नै सकेको छैन । 

चतरामा बनाइएको पुल कोसी तर्ने विकल्प भए पनि पूर्वपश्चिम राजमार्गभन्दा निकै टाढा छ । यसैले राजमार्ग सञ्चालनकै लागि पनि ब्यारेजको नजिकै उत्तरतर्फ अर्को पुल र सडक बनाउनै पर्छ । 

नेपाल सरकारले पुल र सडक निर्माणको लागि अध्ययन गरेको पनि छ । सडक विभागले कोसी ब्यारेजको विकल्पमा बनाइने पुल र राजमार्गको डिजाइनसमेत तयार गरिसके पनि कोसीटप्पु वन्यजन्तु आरक्षले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । आरक्षमा अधिकारीहरूका अनुसार प्रस्तावित नयाँ ठाउँमा सडक र पुल बनाइएमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्ने जोखिम भएकाले अनुमति नदिइएको हो ।

अहिले पूर्वपश्चिम राजमार्गमा कोसी पुलको रूपमा प्रयोग भइरहेको संरचना नेपाल(भारत सन्धि तथा सहयोगमा बनेको हो । यही ठाउँमा अर्को संरचना बनाउन यसैले कूटनीतिक जटिलता पनि छ । कोसीमा उच्च बाँध बनाउने प्रस्ताव गरिरहेको भारतको प्राथमिकतामा पनि अहिलेकै संरचनाको प्रतिस्थापन सायद छैन । यसैले पनि नेपालले यसको नजिकै नयाँ पुल र बाटो बनाउनै पर्ने बाध्यता छ ।  

नयाँ बाटो र पुल सकेसम्म चाँडो बनाउनै पर्ने नेपालको बाध्यता सडक विभाग र आरक्ष दुवै कार्यालयका अधिकारीहरूले बुझेकै हुनुपर्छ । सडक विभागले नयाँ पुलको डिजाइन तयार गर्नुभन्दा पहिले नै वातावरणीय प्रभावको अध्ययन गरेको र आरक्षको धारणा लिएको भए सम्भवतः अहिलेको अप्ठेरो आइपर्ने पनि थिएन । यसैले अब पहिले नै समन्वय गरेर सडक र पुलको डिजाइन तत्काल पुनरवलोकन गर्नु बुद्धिमानी हुनेछ ।

कोसीटप्पुका अधिकारीले सडक विभागले प्रस्ताव गरेको ठाउँमा सडक र पुल बनाउँदा आरक्षको वातावरणमा प्रतिकूल प्रभाव पर्ने हुनाले अहिले पुल भएको ठाउँ नजिकै नयाँ संरचना निर्माण गर्नु उचित हुने सुझाव दिएका छन् । डिजाइनसमेत बनाइसकेको सडक विभाग अधिकारीहरू प्रस्तावित ठाउँमा नयाँ पुल र बाटो बनाउँदा सडक सोझो हुनेसमेत दाबी गर्छन् । यसैले दुवैतर्फको तर्क सुनेर सहमतिमा यसको निकास निकाल्नुपर्छ ।

नेपालमा यसरी विभिन्न कार्यालयहरूबीचको समन्वयको अभावमा थुप्रै योजना अलपत्र  परेका छन् भने ठूलो धनराशि समेत खेर गइरहेको छ । समन्वयको अभावको यो समस्या सरकारी संयन्त्रको  स्थायी अवरोधजस्तै बनेको देखिन्छ । 

यसैले पूर्वपश्चिम राजमार्गको कोसीमा अर्को पुल तत्काल बनाउनै पर्ने अत्यावश्यकता महसुस गरेर तत्काल निकास निकाल्न प्रधानमन्त्रीकै स्तरबाट अग्रसरता लिनुपर्ने देखिन्छ । साथै, यस्तै समस्या अन्यत्र पनि भएकाले मन्त्रालयहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास गरिनुपर्छ र आवश्यक भए त्यसका लागि संयन्त्र बनाइनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending