किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किएभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताएका छन् ।
राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको एएफपीका पत्रकारहरूले बताएका छन् । जेलेन्स्कीले अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पुर्याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराएका छन् ।
आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन, बरू उहाँले थप युक्रेनी नागरिकको हत्या र शहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ ।”
उनले भने, “रूसमाथि कडा कदम र दबाबले मात्र यो आतङ्क रोक्न सक्छ । अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारहरूको एकता र समर्थनको खाँचो छ ।” मस्को, वासिङ्टन र किएभबाट करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्यबाजी भइरहेका बेला उक्त टिप्पणी आएको हो ।
आपतकालिन सेवाका अनुसार आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरिएको र ब्यारेजबाट लागेको आगो निभाइएको छ । चेर्निगिभ क्षेत्रको किएभको उत्तरमा रहेका गभर्नर व्याचेस्लाभ चाउसले रूसी सेनाले ब्यारेजमा रहेका ‘महत्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ दुई जना घाइते भएको बताएका छन् ।
युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका ड्रोनसहित १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: