Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

देशकाे मुद्दामा कम्युनिस्टहरू एक हुन जरुरी छ: खनाल

खबरडबली संवाददाता

उदयपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस-एमाले गठबन्धनका कारण देश संकटमा फसेको आरोप लगाएका छन् । बुधबार समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

‘देशमा अहिले संसद्को पहिलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमालेको गठबन्धन सरकार छ । सरकारले अहिले देशको लागि नयाँ नीति, कार्यक्रम केही पनि ल्याउन सकेको छैन,’ उनले भने, ‘देश अहिले राजनीतिक रूपले संकटग्रस्त छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको रूपमा संकटग्रस्त छ । देश संकटको भुमरीमा फसिरहेको छ ।’ 

खनालले दुई ठुला पार्टी मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा अनौठो भएको बताउँदै यसलाई आफूहरूले अपवित्र गठबन्धन भन्ने गरेको बताए । खनालले भने, ‘यो गठबन्धन सरकार देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने, समुन्नतिको मार्गमा लैजाने उद्देश्यले बनेको होइन । दुई ठुला दलकै पार्टी संकटमा परिरहेको वेला पार्टी जोगाउन बनेको गठबन्धन हो । अचानक मध्यरातमा एउटा व्यापारीको घरमा बसेर गरिएको सम्झौताअनुरूपमा यो सरकार बनेको हो । यो सरकार गठन हुँदा सातबुँदे सम्झौतामा हस्ताक्षर गर्‍यौँ भने । अहिलेसम्म त्यो सातबुँदे सम्झौताको कपी नेपाली जनताले देख्न पाएका छैनन् । उनीहरूले देखाउन सकेका छैनन् ।’

दुवै दलका नेताहरूको हस्ताक्षर भएको दुईदलीय गठबन्धनको सम्झौताको कपी नै देखाउन नसकेको सरकारले संसदमा दुईतिहाइ बहुमत छ भन्नुको कुनै अर्थ नभएको खनालको भनाइ छ । उनले भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दै छ । त्यसकाे के जरुरत छ ? दुईवटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भुमरीमा छ देश ? जुन अध्यादेशहरू ल्याइएका छन् । ती अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । पास हुनलाई दुईवटा सदनमा बहुमत चाहिन्छ । तर, त्यस्तो देखिँदैन । विधेयक फेल खाएपछि  फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’

खनालले संविधान मिच्ने यिनै दुई पार्टी अहिले संविधान संशोधन भनेर कराइरहेको बताए । उनले भने, ‘किन संविधान संशोधन गर्नुपर्‍यो ? भएकै संविधान कार्यान्वयन भएको छैन । यो संविधान लागू गर्न अझै तीन दर्जन ऐन–कानुनहरू बनाउनुपर्छ ।  ऐन–कानुन नै बनेका छैनन् । अनि केको संविधान संशोधन ?’

नेता खनालले नेपालका कम्युनिस्ट पार्टीहरू कुर्सी र इगोका कारण फुट्ने गरेको बताए । उनले भने, ‘नेपालमा अहिले पनि कम्युनिस्टहरू नै बहुमतको नजिक छन्, तैपनि इगोको कारण फुटे । देशको हितमा अहिलेसम्म वामपन्थीहरू एक हुन सकेका छैनन् । अब एक हुने वेला आएको छ । कम्युनिस्टहरुले देशको मुद्दा छाडेको कारण फुट भएको हो । अब देशकाे मुद्दामा कम्युनिस्टहरू एक हुन जरुरी छ ।’

खनालले आफू नेकपा एमालेमा जाने कुनै सम्भावना नरहेको पनि जिकिर गरे । खनालले मतिभ्रष्ट भएकाहरुले एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका दाबी गरे । उनले भने, ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending