Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

खबरडबली संवाददाता

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग सप्तरीका अधिकृतस्तरका प्रतिनिधि सदस्य रहेका छन् भने जिल्ला प्रशासन कार्यालयका एक अधिकृत सदस्य–सचिव तोकिएका छन्।

कारागार प्रमुख रूपक मण्डलका अनुसार समितिलाई घटनाको वास्तविक अवस्था अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

चौकीदारमाथि सामूहिक कुटपिटको आरोप

कारागार प्रशासनका अनुसार गत असार ३२ गते बी–ब्लकका ३८ वर्षीय चौकीदार रामरिझन यादवमाथि केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेका थिए। घटनामा यादवको आँखामाथि गहिरो चोट लागेको छ भने टाउको र शरीरका अन्य भागमा समेत चोट लागेको बताइएको छ। उनको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो।

उपचारका क्रममा यादवले लागूऔषध मुद्दाका कैदीबन्दी जाहुर नट मियाँ (मजलुम), अनिशकुमार मण्डल, सुन्दर मुखिया, बुधन (जोगानन्द) मण्डल, मिथिलेशकुमार यादव, कैलास विश्वास र अमरनाथ विश्वासलगायतले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन्।

सुरक्षा अपरेसन रोक्न आक्रमण भएको दाबी

कारागार प्रमुख मण्डलले कारागारभित्र विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने तयारी भइरहेका बेला त्यसलाई रोक्ने उद्देश्यले चौकीदारमाथि आक्रमण भएको दाबी गरेका छन्। उनका अनुसार घटनाको चौकीदार नियुक्ति, आर्थिक लेनदेन वा व्यक्तिगत विवादसँग कुनै सम्बन्ध छैन। हाल कारागारको सुरक्षा अवस्था सामान्य रहेको पनि उनले बताए।

कारबाही नभएसम्म अनशन जारी

ए–ब्लकका चौकीदार कामेश्वर यादवले घटनामा संलग्न कैदीबन्दीमाथि कारबाही नगरेसम्म, उनीहरूलाई अन्यत्र सरुवा नगरेसम्म तथा आफूहरूविरुद्ध आएका भ्रामक समाचार सच्याइएनसम्म आमरण अनशन जारी रहने चेतावनी दिएका छन्।

उनका अनुसार ए–ब्लकका २०१ जना कैदीबन्दी शनिबारदेखि अनशनमा छन्। यसअघि २३० जना कैदीबन्दीको संयुक्त हस्ताक्षरसहित गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको थियो। ज्ञापनपत्रमा घटनाबारे सत्यतथ्य सूचना सार्वजनिक गर्न, भ्रामक समाचार रोक्न तथा आपराधिक गतिविधिमा संलग्न कैदीबन्दीलाई अन्यत्र सरुवा गर्न माग गरिएको छ।

दुवै पक्षबाट आरोप–प्रत्यारोप

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कारागारको ए–ब्लक र बी–ब्लकका कैदीबन्दीबीच विवाद देखिएको छ। दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका छन्।

उनले सात दिनभित्र समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा आवश्यक कारबाही अघि बढाइने बताए। कारागारको समग्र अवस्था सामान्य रहे पनि केही कैदीबन्दीले रिले अनशन जारी राखेको जानकारी उनले दिए।

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

१२५ जनाको क्षमता रहेको सप्तरी कारागारमा हाल ३९८ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासनका अनुसार ए–ब्लकमा २०१, बी–ब्लकमा १६६ तथा सी–ब्लकमा तीन आश्रित बालबालिकासहित ३१ जना महिला कैदीबन्दी रहेका छन्।

सुरक्षा अपरेसनका क्रममा आत्मदाह प्रयास

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार साउन २ गते विशेष सुरक्षा अपरेसनका क्रममा पाँच जना कैदीबन्दीले कारागारको मुख्य प्रवेशद्वार र आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

आत्मदाहको प्रयास गर्नेमा बुधन मण्डल, अमरनाथ विश्वास, अनिशकुमार मण्डल, मिथिलेश यादव र सुन्दर मुखिया रहेका थिए। मानवीय क्षतिको जोखिम बढेपछि सुरक्षा निकायले तत्कालका लागि अपरेसन स्थगित गरेको थियो।

कारागारभित्र बढ्दो असन्तुष्टि, गुटबन्दी तथा शंकास्पद वस्तु लुकाइराखिएको हुन सक्ने आशंकाका कारण विशेष सुरक्षा अपरेसनको तयारी गरिएको थियो। सोही क्रममा कैदीबन्दी स्थानान्तरण गर्ने विषयलाई लिएर विवाद चर्किँदा चौकीदारमाथि कुटपिट भएको प्रारम्भिक अनुमान गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending