गलकोट । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।
बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।
तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गरे । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ ।
बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्षअघि नै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन् ।
सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका हुन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ ।
काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे । खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपथ्र्यो । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म पुग्नै एक घण्टाजति समय लाग्थ्यो, सडक स्तरोन्नतिसँगै हाल १५ मिनेटमै त्यो दूरी पार गर्न सकिन्छ ।
सिगानामा रु २९ करोड लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो । सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म छ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताए ।
बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छभने पुनः १० किमी सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८१ - ०९:३५
काठमाडौं । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क...
चैत्र १५ गते, २०८१ - ०९:२८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ । नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्ग...
चैत्र १५ गते, २०८१ - ०९:२५
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्तिका विषयमा सत्तारूढ दलबीच विवाद हुँदा गठबन्धन नै धरापमा पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली...
चैत्र १५ गते, २०८१ - ०९:२०
काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेख...
चैत्र १५ गते, २०८१ - ०९:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
चैत्र १५ गते, २०८१ - ०७:४४
काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ द...
चैत्र १५ गते, २०८१ - ०७:३८
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँक...
चैत्र १५ गते, २०८१ - ०७:२५
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले आगामी १५ गते समाजवादी मोर्चाले आयोजना गर्ने जनप्रदर्शनलाई प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहलका रूप...
चैत्र १५ गते, २०८१ - ०७:१७
ठुलो संख्यामा प्रहरी परिचालन, राजावादीहरुलाई रिङरोड प्रवेश गर्न नदिने
चैत्र १५ गते, २०८१ - ०७:०६
काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सु...
प्रतिकृया लेख्नुहोस्: