Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

आहा–रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स फाइनलमा प्रवेश

खबरडबली संवाददाता

कास्की । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४–० गोलले पराजित भयो । जितसँगै ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको छ । फाइनलमा ब्ल्याक बुल्सले शनिबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टारलाई लज्जासपद हार चखाउन ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सभ्काटजोन सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक एक गोल गरे । कुभोनचेकले २५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । दोस्रो हाफमा तीन गोल थपेको ब्ल्याक बुल्सका लागि दोस्रो गोल असिलबेकले ५८औँ मिनेटमा गरे । 

त्यसपछि ६२औँ मिनेटमा सभ्काटजोन र ८७औँ मिनेटमा सइदजमोलले गोल गर्दै पाहुना टोलीलाई सजिलै फाइनलमा लगे । खेलभर ब्ल्याक बुल्सको दबाब झेलेको थ्रीस्टारले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलपछि थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले खेल नराम्रो भएपनि टिमले बनाएको रणनीति सफल नभएको बताए । उनले विदेशी टिम प्राविधिक रूपमा निकै राम्रो रहेको स्वीकार पनि गरे । 

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...

म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालन

म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...

दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...

हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...

सुडानी राष्ट्रपति भवन आरएसएफबाट फिर्ता

खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...

कांग्रेसकै कारण बेला-बेलामा लोतन्त्र मासिएको छः केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन्...

चैत १५ गते काठमाडौंमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्...

सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदक...

ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy