Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ।शनिबार राति भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ। दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। 

महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्। नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडक डिभिजन कार्यालय काठमाडौंले गर्‍यो २५ रुग्ण ठेक्का रद्द

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि रोकिएका २५ वटा रुग्ण ठेक्का रद्द गरेको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० बीच सम्झौता भएका तर ...

३ दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीख...

दल दर्ताको होडबाजीप्रति मन्त्री पुनको टिप्पणी- यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै दल दर्तामा लाग्नुले आन्दोलनको मूल उद्देश्य कमजोर ब...

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत...

प्रतिनिधिसभा निर्वाचन- मनोनयनपत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले ...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि नबस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार मङ्सिर १ गते दिउँसो...

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।  आयो...

आजदेखि पशुपतिका यी ४ किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थ बेचबिखनमा रोक

काठमाडौँ । स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर...

एनपिएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ ।   नेपाल क्रिके...

काष्ठकलामा सिपालु भीमबहादुर

बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending