काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो । जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।
यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद फागुन १९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेकोछ ।
बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - ११:४३
काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेक...
कार्तिक २५ गते, २०८२ - ११:३९
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिम...
कार्तिक २५ गते, २०८२ - ११:१८
काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भइसकेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश ...
कार्तिक २५ गते, २०८२ - ११:१६
काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक...
कार्तिक २५ गते, २०८२ - ११:०९
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न सार्वजनिक आह्वान गरेका छन्। राजधानीमा चिकित्साका लागि जाने क्रममा...
कार्तिक २५ गते, २०८२ - ११:०८
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई...
कार्तिक २५ गते, २०८२ - ११:०२
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फि...
कार्तिक २५ गते, २०८२ - १०:५०
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। लगातारको उतार–चढावपछि आज पुनः सुनको दरमा उल्लेखनीय वृद्धि भ...
कार्तिक २५ गते, २०८२ - १०:४४
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक...
कार्तिक २५ गते, २०८२ - १०:४३
झापा । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमै नरहेको आरोप लगाएका छन्। उनले सरकारका ग...




प्रतिकृया लेख्नुहोस्: