काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्नेछ। यो इजलासले दुई रिटमाथि संयुक्त सुनुवाइ गर्ने छ । आगामी २५ चैतमा अधिकारीको कार्यकाल सकिँदैछ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषद्ले २४ चैत ०७८ मा पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए। सरकारले निलम्बन गरेपछि ५ वैशाखमा उनी सरकारविरुद्ध सर्वोच्च पुगेका थिए। रिट दायर भएको भोलिपल्ट ६ वैशाखमै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेश जारी गर्दै उनलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए। सोही अल्पकालीन आदेशकै आधार गभर्नर पदमा रहेका अधिकारीको कार्यकाल सकिन डेढ महिना मात्रै बाकी छ ।
गत वर्ष १२ पुस ०८० मा अधिकारीको गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने भन्दै उनीविरुद्ध सर्वोच्चमा अर्को रिट पर्यो। १६ माघ ०८० मा हेर्न नभ्याइनेमा परेको उक्त रिट सुनुवाइ एक वर्षपछि बल्ल सर्वोच्चमा पेसी चढेको हो।
चार्टर्ड एकाउन्टेन्ट पूरा गरेका अधिकारीको शैक्षिक योग्यता गभर्नर पदका लागि योग्य नभएको दाबी गर्दै उनीविरुद्ध चारजना अधिवक्ताले संयुक्त रिट दायर गरेका थिए । रिट दायर गर्ने अधिवक्ताहरूमा दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १७:०९
ओलीजी र म जेलमेट भएको कारण हाम्रो सम्बन्ध राम्रो छ
चैत्र १२ गते, २०८१ - १६:५५
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै ...
चैत्र १२ गते, २०८१ - १६:४०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन । सोमबार सा...
चैत्र १२ गते, २०८१ - १६:२९
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबह...
चैत्र १२ गते, २०८१ - १६:१८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)रिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज ने...
चैत्र १२ गते, २०८१ - १६:११
काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक...
चैत्र १२ गते, २०८१ - १६:०२
रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ...
चैत्र १२ गते, २०८१ - १५:५५
वासिंगटन डिसी। अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सबन्धी गरिएको अनुसन्धान प्रतिबेदन सार्बजनिक गरेको छ । सन् १९६३ मा भएको केनेडीक...
चैत्र १२ गते, २०८१ - १५:४६
गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ । उनलाई पक्...
चैत्र १२ गते, २०८१ - १५:३६
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । प्रगतिशील इन्जिनियर्स एस...
प्रतिकृया लेख्नुहोस्: