Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

पोर्चुगल–सिंगापुर विश्वकै लामो रेल यात्राको रुट, जसले १३ देशलाई समेट्छ

खबरडबली संवाददाता

काठमाडौं । विश्वकै सबैभन्दा लामो रेल यात्राको रुट कुन हो ? तपाईंलाई थाहा छ ? पक्कै थाहा छ । थाहा नहुनेहरुले भने यो समाचार पूरा पढ्नुपर्ने हुन्छ ।

विश्वकै सबैभन्दा लामो रेलको रुट पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको हो । यो रुट १८ हजार ७५५ किलोमिटरको छ । मौसम वा अन्य कुनै प्राविधिक गडबडीका कारण यात्रामा बाधा अड्चन आएन भने यो दूरी पार गर्न उक्त रेललाई २१ दिन लाग्ने गर्दछ । स्पेन, फ्रान्स, रुस, चीन, भियतनाम, थाइल्यान्डसहित १३ देश हुँदै रेल गुड्छ । बाटोमा ११ ठाउँमा रेल रोकिने गर्दछ ।

यसभन्दा अगाडि लन्डनदेखि सिंगापुरसम्मको रेलको रुट सबैभन्दा लामो मानिन्थ्यो । त्यसको रेकर्ड भने पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको रुटले तोडिदिएको छ । यो रेल यात्राको क्रममा विश्वप्रसिद्ध शहरहरु पेरिस, मस्को, बेइजिङ र बैंककको आनन्द पनि लिन सकिन्छ ।

किनभने रेल जहाँ रोकिन्छ त्यहीँ बास बस्ने भएकाले रेलबाट ओर्लिएर घुम्न जान सकिन्छ । अलग अलग देशको सुन्दरता र सांस्कृतिक अनुभव गर्न सकिन्छ । यसले यात्रा थप रोमाञ्चक बनाइदिन्छ ।

टिकटको मूल्य कति छ ?

विश्वको सबैभन्दा लामो रेल यात्राको एकतर्फी टिकट करिब १ हजार ३५० डलर छ । यो  आजको मूल्य अनुसार नेपाली एक लाख ८८ हजार रुपैयाँ जति पर्न जान्छ ।

झट्ट सुन्दा सामान्य आयस्रोत भएकाहरुलाई यो मूल्य महँगो हुन्छ । तर विश्वकै लामो रेल यात्राको मजा लिने क्रममा विभिन्न देशका शहरमा रोकिएर पनि घुम्न पाइने भएकाले खर्च गर्ने क्षमता भएकाहरुलाई यो सस्तो लाग्सक्छ ।

टिकट काटेपछि यात्रुहरुले खाने, पिउने, आरामले बस्ने सबै सेवा त्यही मूल्यभित्रै पाउँछन् ।

कसले सम्भव बनायो यो रेल यात्रा ? कहाँबाट आयो यस्तो विचार ?

यो रेल यात्रा सम्भव बनाउनमा विभिन्न रेलवे कम्पनी र संगठनहरुको योगदान छ । लाओस र चीनबीच एक नयाँ रेलवे लाइन खुलेपछि युरोपलाई एसियासँग जोड्ने बाटो खुलेको थियो । त्यसैले विश्वकै लामो रेलयात्रा सम्भव भएको हो ।

यो पहलको उद्देश्य लाओसको अर्थव्यवस्थालाई बढावा दिनुथियो । यसैगरी पोर्चुगलदेखि सिंगापुरसम्मको एक रोमाञ्चकारी यात्राको अनुभव प्रदान गर्नुथियो ।

पोर्चुगलदेखि सिंगापुरसम्म रेल यात्रा गराउने सोच सफल बनाउने श्रेय रेलयात्रा प्रेमी र रेलवे कम्पनीका उत्साही कर्मचारीहरुलाई दिने गरिएको छ । उनीहरुले नै यो रेल यात्राको रुट तय गरेका थिए । यो रेल यात्रा सौखिन व्यक्तिहरुमाझ निकै लोकप्रिय छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

कांग्रेस सांसद अभिषेकप्रताप साह पक्राउ पुर्जीविरुद्ध सर्वोच्च पुगे

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। सांसद स...

एमालेसँग सहकार्य अघि बढ्यो, कांग्रेससँग पनि संवाद जारी : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छ...

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending