Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

अमेरिकाको टेक्सासमा नेपाल परेडमा झाँकी प्रदर्शन

खबरडबली संवाददाता

टेक्सास । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको संसदबाट फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनको सम्मान गर्दै ‘नेपाल–डे परेड’ मा सो झाँकी प्रदर्शन गरिएको हो ।

नेपालीहरु नेपाली सांस्कृतिक भेषभूषा, पहिरन र बाजागाजासहित उत्सवमा सहभागी भएका थिए । अमेरिकी राज्य टेक्सासको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा आयोजित नेपाल–डे परेडमा करिब एक हजार नेपालीको सहभागिता थियो।

नेप्लिज एशोसिएसन अफ ह्युस्टन ९एनएएच०, नेप्लिज सोसाइटी अफ टेक्सास ९एनएसटी०, नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा०, लबक नेपाली सोसाइटी, वेको नेपाली समाज, सुदूरपश्चिम नेपाली समाज, लुम्बिनी नेपाली समाज, स्यानएण्टोनियो नेपाली एशोसिएसनलगायतका दर्जनौं नेपाली सङ्घसंस्थाको सक्रिय सहभागिता रहेको बृहत् ऱ्याली बृहत्तर अस्टिनको हुटो शहरमा आयोजना भएको थियो। हुटो सिटी हलबाट शुरु भएको ऱ्यालीमा हुटो सिटीका मेयर माइक स्नाइडरलगायत राउण्ड रक, यूलेसलगायत वरिपरिका सिटीका निर्वाचित प्रतिनिधिको समेत सहभागिता थियो। 

प्रवासमा बस्ने नेपालीहरुलाई खुसी हुन धेरै केही चाहिंदैन। कसैले नेपाली बोलिदियो, नेपाली भाषा, संस्कृति र चाडबाडका बारेमा बोलिदियो भने त खुसीको सीमा नै नहुने। झन् नेपालीहरुको सबभन्दा धेरै बसोबास भएको राज्य भनेर चिनिएको टेक्सासको संसदबाट नै फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनमा नेपाल–डे परेडमा सहभागी हुन पाउनु भनेको नेपालीहरुको खुसी र गर्वको सबै सीमा र पर्खालहरु भत्कनु जस्तै हो । 

नेपाली भाषा, धर्म र संस्कृतिका लागि अग्रसर भइरहेका पहिलो पुस्ताका नेपालीहरुले नेपाली समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन धेरै परिश्रम गरेका छन् । त्यसैको नतिजा हो कि अहिले नेपालीहरुको बाहुल्य भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन बनिरहेका छन् वा बन्ने क्रममा छन् । 

अस्टिनको नेपाली समुदायले गत वर्ष नै भव्य पशुपतिनाथ मन्दिर बनाएर अमेरिकामा नै पहिलो नेपालकै पशुपतिनाथ मन्दिरको झल्को दिने मन्दिर बनाएर नेपाली समुदायलाई ठूलो गुन लगाइसकेको छ। अहिले अस्टिनको पशुपतिनाथ मन्दिर नेपाली एवं अन्य हिन्दु धर्मावलम्बीका लागि तीर्थ नै भएको छ। 

अस्टिन, डालास र ह्युस्टनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्सासको संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा गर्ने अवस्थासम्म ल्याइपुऱ्याएको हो। 

टेक्सस हाउस डिस्ट्रिक्ट १०५ का सांसद टेरी मेजाको अग्रसरतमा २०२३ को फेब्रुअरी १५ का दिन ‘नेपाल डे’ घोषणा हुन सकेको थियो। टेक्ससको संसद भवनमा ‘नेपाल–डे’ घोषणा हुँदा समेत प्रत्यक्षदर्शी भएकाले दुई वर्षअघिको त्यो खुसी हिजो हुटो सिटीको प्राङ्गणबाट शुरु भएको नेपालीहरुको ऐतिहासिक ऱ्यालीमा सहभागी हुँदा थपिएको खुसी शब्दमा बयान गर्न सकिन्न ।

नेपाली र अमेरिकी झण्डा बोकेका, दौरा सुरुवाल, ढाका टोपी, सारी चोलोसहित विभिन्न जातीय र र्सास्कृतिक भेष–भूषामा सजिएका नेपालीहरुले पन्चे बाजासहित विभिन्न नेपाली बाजामा जातीय र सांस्कृतिक नृत्यको प्रदर्शन गरेका थिए। ढिकी जाँतो, जीवित देवी कुमारी, गौतम बु्द्ध समेत ऱ्यालीको आकर्षणका रुपमा समावेश थिए। 

नेपाल डे परेडमा नेपालीहरुसँगै सहभागी हुटो सिटीका मेयर माइक स्नाइडरले नेपाली समुदायले स्थानीय व्यवसाय तथा सांस्कृतिक विविधता प्रवर्द्धनमा पुऱ्याएको योगदानको प्रशंसा गरे।

नेपाल–डे घोषणाका लागि अनवरत खटेका नेपाली अभियन्ता प्रभात दिक्षित, अस्टिन, ड्यालस, ह्युस्टन, लबक, वेको  नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थितिमा सम्पन्न नेपाल डे परेड पश्चात् हुटोस्थित पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो। 

ग्यान्सका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा सम्पन्न नेपाल डे समारोहमा वक्ताहरुले नेपाल डेलाई सबै टेक्ससबासी नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने धारणा राख। नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि सधैँ सक्रिय रहने प्रतिबद्धता  नेपाली समुदायका अगुवाहरुले गरेको छन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE