Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

अमेरिकाको टेक्सासमा नेपाल परेडमा झाँकी प्रदर्शन

खबरडबली संवाददाता

टेक्सास । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको संसदबाट फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनको सम्मान गर्दै ‘नेपाल–डे परेड’ मा सो झाँकी प्रदर्शन गरिएको हो ।

नेपालीहरु नेपाली सांस्कृतिक भेषभूषा, पहिरन र बाजागाजासहित उत्सवमा सहभागी भएका थिए । अमेरिकी राज्य टेक्सासको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा आयोजित नेपाल–डे परेडमा करिब एक हजार नेपालीको सहभागिता थियो।

नेप्लिज एशोसिएसन अफ ह्युस्टन ९एनएएच०, नेप्लिज सोसाइटी अफ टेक्सास ९एनएसटी०, नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा०, लबक नेपाली सोसाइटी, वेको नेपाली समाज, सुदूरपश्चिम नेपाली समाज, लुम्बिनी नेपाली समाज, स्यानएण्टोनियो नेपाली एशोसिएसनलगायतका दर्जनौं नेपाली सङ्घसंस्थाको सक्रिय सहभागिता रहेको बृहत् ऱ्याली बृहत्तर अस्टिनको हुटो शहरमा आयोजना भएको थियो। हुटो सिटी हलबाट शुरु भएको ऱ्यालीमा हुटो सिटीका मेयर माइक स्नाइडरलगायत राउण्ड रक, यूलेसलगायत वरिपरिका सिटीका निर्वाचित प्रतिनिधिको समेत सहभागिता थियो। 

प्रवासमा बस्ने नेपालीहरुलाई खुसी हुन धेरै केही चाहिंदैन। कसैले नेपाली बोलिदियो, नेपाली भाषा, संस्कृति र चाडबाडका बारेमा बोलिदियो भने त खुसीको सीमा नै नहुने। झन् नेपालीहरुको सबभन्दा धेरै बसोबास भएको राज्य भनेर चिनिएको टेक्सासको संसदबाट नै फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनमा नेपाल–डे परेडमा सहभागी हुन पाउनु भनेको नेपालीहरुको खुसी र गर्वको सबै सीमा र पर्खालहरु भत्कनु जस्तै हो । 

नेपाली भाषा, धर्म र संस्कृतिका लागि अग्रसर भइरहेका पहिलो पुस्ताका नेपालीहरुले नेपाली समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन धेरै परिश्रम गरेका छन् । त्यसैको नतिजा हो कि अहिले नेपालीहरुको बाहुल्य भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन बनिरहेका छन् वा बन्ने क्रममा छन् । 

अस्टिनको नेपाली समुदायले गत वर्ष नै भव्य पशुपतिनाथ मन्दिर बनाएर अमेरिकामा नै पहिलो नेपालकै पशुपतिनाथ मन्दिरको झल्को दिने मन्दिर बनाएर नेपाली समुदायलाई ठूलो गुन लगाइसकेको छ। अहिले अस्टिनको पशुपतिनाथ मन्दिर नेपाली एवं अन्य हिन्दु धर्मावलम्बीका लागि तीर्थ नै भएको छ। 

अस्टिन, डालास र ह्युस्टनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्सासको संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा गर्ने अवस्थासम्म ल्याइपुऱ्याएको हो। 

टेक्सस हाउस डिस्ट्रिक्ट १०५ का सांसद टेरी मेजाको अग्रसरतमा २०२३ को फेब्रुअरी १५ का दिन ‘नेपाल डे’ घोषणा हुन सकेको थियो। टेक्ससको संसद भवनमा ‘नेपाल–डे’ घोषणा हुँदा समेत प्रत्यक्षदर्शी भएकाले दुई वर्षअघिको त्यो खुसी हिजो हुटो सिटीको प्राङ्गणबाट शुरु भएको नेपालीहरुको ऐतिहासिक ऱ्यालीमा सहभागी हुँदा थपिएको खुसी शब्दमा बयान गर्न सकिन्न ।

नेपाली र अमेरिकी झण्डा बोकेका, दौरा सुरुवाल, ढाका टोपी, सारी चोलोसहित विभिन्न जातीय र र्सास्कृतिक भेष–भूषामा सजिएका नेपालीहरुले पन्चे बाजासहित विभिन्न नेपाली बाजामा जातीय र सांस्कृतिक नृत्यको प्रदर्शन गरेका थिए। ढिकी जाँतो, जीवित देवी कुमारी, गौतम बु्द्ध समेत ऱ्यालीको आकर्षणका रुपमा समावेश थिए। 

नेपाल डे परेडमा नेपालीहरुसँगै सहभागी हुटो सिटीका मेयर माइक स्नाइडरले नेपाली समुदायले स्थानीय व्यवसाय तथा सांस्कृतिक विविधता प्रवर्द्धनमा पुऱ्याएको योगदानको प्रशंसा गरे।

नेपाल–डे घोषणाका लागि अनवरत खटेका नेपाली अभियन्ता प्रभात दिक्षित, अस्टिन, ड्यालस, ह्युस्टन, लबक, वेको  नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थितिमा सम्पन्न नेपाल डे परेड पश्चात् हुटोस्थित पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो। 

ग्यान्सका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा सम्पन्न नेपाल डे समारोहमा वक्ताहरुले नेपाल डेलाई सबै टेक्ससबासी नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने धारणा राख। नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि सधैँ सक्रिय रहने प्रतिबद्धता  नेपाली समुदायका अगुवाहरुले गरेको छन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

ओलीजी र म जेलमेट भएको कारण हाम्रो सम्बन्ध राम्रो छ

कुलमानलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थाल्यो, त्यसको केही अर्थ छैनः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै ...

कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन । सोमबार सा...

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबह...

सेयर बजारमा उच्च गिरावट, ५ अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)रिसूचक उच्च अंकले ओरालो लागेको छ।  साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज ने...

प्रधानमन्त्री कपः एक खेल अगावै पुलिस क्लब फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक...

एसईई परीक्षार्थीबाट रौतहटमा हालसम्म १७०६ मोबाईल बरामद, ६ निरिक्षक माथी मुद्दा

रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ...

ट्रम्पले सार्बजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात

वासिंगटन डिसी। अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सबन्धी गरिएको अनुसन्धान प्रतिबेदन सार्बजनिक गरेको छ । सन् १९६३ मा भएको केनेडीक...

ओस्कार विजेता प्यालेस्टाइनी निर्देशक पक्राउ

गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ ।  उनलाई पक्...

अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । प्रगतिशील इन्जिनियर्स एस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy