काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।
२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ)रोकिएको छ । प्रेस ब्रिफिङमा ट्रम्पले भने, ‘यो फ्रड हो ।’
ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ ।
ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।
उनले भारतलाई निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिँदै आएकोमा अब किन दिने ? भनेर प्रश्न गरेका छन् । ‘भारतसँग राम्रो सम्बन्ध छ । हालै प्रधानमन्त्री मोदीले भ्रमण गरेर फर्किनुभयो । तर हामीले भारतलाई किन पैसा दिने ?’ ट्रम्पले भनेका छन्, ‘ऊसँग धेरै पैसा छ ।’
ट्रम्पले मालदिभ्सको राजनीतिक सुव्यवस्थाका लागि २९ मिलियन डलर दिने गरेकोमा त्यसलाई पनि स्थगित गरिएको ट्रम्पले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: