Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

बर्दिया । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस बर्दियाले बुधबार आयोजना गरेको कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै  नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जिविकोपार्जन सहज बनाउनु रहेको बताए। ‘प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो,’ उनले भने । अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए । 

अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी  भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए । देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएको स्मरण गरे । प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानसभाबाट बनेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

बनेपा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएको छन । बनेपा नगरपालिकाको ४४औं  स्थाप...

राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति

काठमाडौं। राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईं...

वडासचिव र सेवाग्राहीविरुद्ध दोहोरो जन्मदर्ता बनाएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लि...

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भए...

सूचना टाँसेर स्थगित भयो संसद् बैठक

काठमाडौं। प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ  । आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका ...

शुक्रबार हुने प्रदर्शनमा सुरक्षाको कमी हुन नदिन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखला...

कुलमान प्रकरण : प्रधानमन्त्री ओलीको अडानका कारण संसद् बैठक प्रभावित

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ  । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने वि...

सुख्खा पहिरोपछि विद्युत सेवा अवरुद्ध

रुकुमपश्चिम । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।  बुधबार बेल...

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछि...

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy