Khabar Dabali ३ मंसिर २०८२ मंगलवार | 18th November, 2025 Tue
Investment bank

पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका छन् ।

पूर्वराजाको सन्देशले अब राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै फेरि एकपटक गोलबन्द हुनुपर्ने बताउन थालेका छन् । पूर्वराजाले आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका थिए ।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं,’ पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भनेका छन् ।

यसपटकको वक्तव्यमा उनले मूर्तरूपमै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको हो । राप्रपा महामन्त्री धवलशमशेर राणाले पूर्वराजाको कदमलाई आफ्नो दलले पूर्ण समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्‍याउन अपील गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ ।’

शाहीले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने बताएका छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एमालेको संसदीय दलको बैठक: संसद् पुनर्स्थापना र निर्वाचनमा धारणा तय हुने

काठमाडौँ । नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार दिउँसो बसेको छ। बैठक तय समय दिउँसो १ बजेतर्फ बोलाइए पन...

विप्लव नेतृत्वको पार्टीले पायो दल दर्ता प्रमाणपत्र, चुनाव चिन्ह ‘गुलाब’

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई प...

अघिल्लो सरकारले तयार पारेको सहकारी छानबिन रिपोर्ट पुनर्विचार गर्न उपसभापति वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिको सहकारीसम्बन्धी र...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ...

फेरियो विप्लवको पार्टीको नाम, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ आयोगमा दर्ता

काठमाडौँ । विप्लव नेतृत्वको पार्टीले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्...

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग मंगलबार भेटवार्ता गरेकी छन्। विशेष महाधिवेशनको माग गर्दै ...

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । प्रियांस पन्चलको उत्कृष्ट अर्धशतकसहितको ९० रनको पारीमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा चितवन र...

दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईँलाई म्याद थप प्रक्रियाका लागि आज सरकारी वकिल कार्यालय ल...

पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारी रोजगारी

काठमाडौँ । स्वर्गीय पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। रजकका दाइ दिनेश रजकका अनुसार सुजनलाई सुरक्षण मुद्रण कोषम...

प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

काठमाडौँ । प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित एक फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका–१२ स्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending