काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका छन् ।
पूर्वराजाको सन्देशले अब राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै फेरि एकपटक गोलबन्द हुनुपर्ने बताउन थालेका छन् । पूर्वराजाले आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका थिए ।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं,’ पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भनेका छन् ।
यसपटकको वक्तव्यमा उनले मूर्तरूपमै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको हो । राप्रपा महामन्त्री धवलशमशेर राणाले पूर्वराजाको कदमलाई आफ्नो दलले पूर्ण समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्याउन अपील गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ ।’
शाहीले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १७:१४
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...
जेष्ठ २ गते, २०८३ - १६:५८
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...
जेष्ठ २ गते, २०८३ - ०९:११
गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...



प्रतिकृया लेख्नुहोस्: