सर्लाही । प्राचिन धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा धर्मशाला निर्माण गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनस्थित मन्दिर परिसरमा दुई तले पक्की धर्मशाला भवन निर्माण गरिएको हो ।
भवनको शनिबार दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) का मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेली र संविधान सभा सदस्य रामचन्द्र चौधरीले संयुक्तरूपमा उदघाटन गरे । प्रदेशसभा सदस्य लुङ्गेलीको संसदीय विकास कोष, प्रदेश सरकारको पर्यटन मन्त्रालय र वडाको समेत गरी करिब ४० लाख रुपियाँ खर्चिएर धर्मशाला भवन तयार पारिएको लक्ष्मीनाथ चिताइन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।
प्रदेशसभा सदस्य लुुङ्गेलीको विशेष पहलमा निर्माण गरिएको दुुई तले धर्मशाला भवनमा चार वटा कोठा र एउटा बैठक हल रहेको छ । नवनिर्मित धर्मशाला भवनलाई आगामी दिनमा पाहुना तथा साधुसन्त आउँदा बास बस्न र गाउँघरमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिने लक्ष्मीनाथ चिताइन महादेव विकास समितिले जनाएको छ । जिल्लाकै ऐतिहासिक स्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा भर्खरै जीर्णोद्वारको काम गरिएको छ ।
चिताइन मन्दिरमा शिवरात्रिको दिन चर्मरोग निको हुने र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भान्टाको भार र धानको मट्का (मौर) चढाउनेको अत्यधिक भीड लाग्ने गरेको छ । यो वर्ष पनि फागुन १४ गतेदेखि चिताइनमा ऐतिहासिक चिताइन मेला लगाउने तयारी भइरहेको स्थानीय चेतनारायण धामीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: