Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सर्लाहीकाे धार्मिकस्थल चिताइनमा धर्मशाला भवन बन्याे

खबरडबली संवाददाता

सर्लाही । प्राचिन धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा धर्मशाला निर्माण गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनस्थित मन्दिर परिसरमा दुई तले पक्की धर्मशाला भवन निर्माण गरिएको हो ।

भवनको शनिबार दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) का मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेली र संविधान सभा सदस्य रामचन्द्र चौधरीले संयुक्तरूपमा उदघाटन गरे । प्रदेशसभा सदस्य लुङ्गेलीको संसदीय विकास कोष, प्रदेश सरकारको पर्यटन मन्त्रालय र वडाको समेत गरी करिब ४० लाख रुपियाँ खर्चिएर धर्मशाला भवन तयार पारिएको लक्ष्मीनाथ चिताइन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए । 

प्रदेशसभा सदस्य लुुङ्गेलीको विशेष पहलमा निर्माण गरिएको दुुई तले धर्मशाला भवनमा चार वटा कोठा र एउटा बैठक हल रहेको छ । नवनिर्मित धर्मशाला भवनलाई आगामी दिनमा पाहुना तथा साधुसन्त आउँदा बास बस्न र गाउँघरमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिने लक्ष्मीनाथ चिताइन महादेव विकास समितिले जनाएको छ । जिल्लाकै ऐतिहासिक स्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा भर्खरै जीर्णोद्वारको काम गरिएको छ ।

चिताइन मन्दिरमा शिवरात्रिको दिन चर्मरोग निको हुने र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भान्टाको भार र धानको मट्का (मौर) चढाउनेको अत्यधिक भीड लाग्ने गरेको छ । यो वर्ष पनि फागुन १४ गतेदेखि चिताइनमा ऐतिहासिक चिताइन मेला लगाउने तयारी भइरहेको स्थानीय चेतनारायण धामीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending