Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उपप्रधानमन्त्री सिंहद्वारा युवालाई आधुनिक प्रविधिको उपयोग गर्न आग्रह

खबरडबली संवाददाता

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्तालाई आधुनिक प्रविधिको प्रयोग गर्दै तथ्यमा आधारित जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा नेपाली कांग्रेस सूचना तथा प्रचार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिंहले प्रविधिको उचित उपयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । उनले युवालाई राष्ट्र निर्माणको अभियानमा अग्रसर भएर नयाँ सोच र प्रविधिमैत्री कार्यशैली अपनाउन प्रेरित गरे । 

उनले देशमा संकट पर्दा जहिले पनि कांग्रेसकै नेतृत्वमा समाधान भएको उल्लेख गर्दै पार्टीका मुद्दालाई जनता समक्ष स्पष्ट रुपमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । केन्द्रीय सदस्य एवं अनुशासन विभागका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको अस्तित्व समाप्त भए प्रजातन्त्र पनि संकटमा पर्ने दाबी गरे । 

कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीले गरेका राम्रा कामको प्रचार तथा विद्यमान चुनौतीबारे छलफल गर्न देशभर अभियान थालिएको बताए । 

कार्यक्रमको उद्देश्य युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने, तथ्यमा आधारित जानकारी प्रदान गर्ने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने रहेको आयोजकले जनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य सजन ठाकुरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कांग्रेका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य सञ्चार विभागका प्रमुख मिन विश्वकर्मा, केन्द्रीय सदस्य चन्द्रमोहन यादव, प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशका स्थानीय जनप्रतिनिधि तथा युवा कार्यकर्ताको उपस्थिति थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending